News

बाबुरामको गृह नगरमै जसपा पराजित, छुद्र बोलिले विगार्यो जनमत ?

बाबुरामको गृह नगरमै जसपा पराजित, छुद्र बोलिले विगार्यो जनमत ?

जनता समाजवादी पार्टीका संघीय परिसद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सत्तोसराप गाली गर्छन। उनले एमाले र ओलीलाई गाली गरेका शब्दहरु खोज्दै गए शब्दकोष तयार हुन्छ।

उनी एमाले र कांग्रेस ब्राण्डले मात्रै फरक देख्छन् । तर, जव स्वार्थ अगाडि आउँछ अनि त्यही एमालेसँग घाँटी जोड्न पुग्छन् । बाबुवरामको यही प्रवृत्तिका कारण ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनको आफनै गृह नगरमा पालुङटारबाट जसपाले हात धुनु परेको छ। 

पालुङटार नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । मेयरमा ६ हजार ७२ मत ल्याएर विवश चिन्तन निर्वाचित भएका छन् भने उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन् ।

यो नगरपालिका नेता बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमात्र होईन, उनको गृह नगर पनि हो। उनको पार्टीका उम्मेदवार प्रेमबहादुर गुरुङ ५ हजार ७ सय १७ मत ल्याएर पराजित भए । पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो ।

अरु वेला सराप्ने, चुनावका वेला घाँटी जोड्ने बाबुराम प्रवृत्तिकै कारण मतदाता रुष्ट भएर माओवादीलाई भोट हालेको स्थानीय नेता/कार्यकर्ताहरु वताउँछन्।

बाबुराम भट्टराई पालुङटार

विशेष