News

ओलीलाई आफ्नै वडा जोगाउन मुस्किल, दमकमा राप्रपा अगाडि

ओलीलाई आफ्नै वडा जोगाउन मुस्किल, दमकमा राप्रपा अगाडि

एमाले विरुद्ध कांग्रेस माओवादीले राप्रपासँग मिलेर ‘महागठवन्धन’ वनाएको दमक नगरपालिकामा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीकै वडा निर्णायक भएको छ। दमकका १० मध्ये ८ वटाको मत गणना सकिँदा गठवन्धनका तर्फबा राप्रपाका उम्मेदवार राम थापा २७७ मतले अगाडि छन् ।

वडा नं. ५ र ६ को गणना हुन बाँकी छ। गणना हुन वाँकी वडा नं. ५ केपी वलीको गृह वडा हो। ०७४ सालको स्थानीय तह निर्वाचनमा यी दुवै एमालेले जितेका वडा हुन्। वडा नम्बर ५ मा एमालेले एकतर्फी जित निकालेको थियो। यी दुवै वडाले अहिलेसम्मको मतान्तर कभर गरेर एमाले उम्मेदवार गीता अधिकारी निर्वाचित हुने एमाले नेताहरुको विश्वास छ। यसपटक दमक नगरपालिकामा ३९७३६ मत खसेको छ।

वडा नम्बर ५ मा ४३४९ र ६ मा २७५४ मत खसेको छ। गणना हुन बाँकी ५ र ६ नम्बर वडाकै मतपरिणाले दमकको मेयर को बन्ने भन्ने निश्चित हुने जानकारहरु वताउँछन् । वडा नं. ५ र ६ आफनो पक्षमा मत आउने एमालेका नेताहरु दावी गरिरहेका छन्।

गठवन्धनका नेताहरु भने ५ मा एमालेले केही बढी ल्याएपनि वडा नं. ६ मा बराबरी मत आउने बताउँछन् । वडा नं. ७ सम्मको अग्रता र ६ मा आउने वरारी मतले आफनो पक्षमा चुनावी नतिजा आउने उनीहरुको तर्क छ।

अहिलेसम्म राप्रपाको पुरानो किल्ला वडा नम्बर १ एमालेले खोसेको छ। २, ३ ८ र ९ मा पनि एमालेका उम्मेदवार निर्वाचित भएका छन् । ४ र १० मा कांग्रेसले जितेको छ। अहिलेसम्म मेयरमा भने राप्रपाका थापा अगाडि छन् । हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी रामकुमार थापाले १३१२५ मत पाएका छन् भने नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले १२८४८ मत पाएकी छिने।

विशेष