News

२२औं पटककमा अधिकृत पासः राजिनामा दिएर मेयर लडे, पाए १४८ भोट

२२औं पटककमा अधिकृत पासः राजिनामा दिएर मेयर लडे, पाए १४८ भोट

नेपाल विद्युत प्राधिकरणको अधिकृतको जागिर छोडेर काभ्रेको बनेपा नगरपालिकाको मेयर उठेका  कञ्चनराज गिरीको जनमानत जफत भएको छ। बिहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार उनको जमानत जोगाउन सकेनन्।

हुन त उनी हरेक काममा ढिलै गरी सफल हुन्छन्। उनी सरकारी सेवामा प्रवेश गर्दा पनि धेरै हण्डर खेपेका थिए । २२औं पटकको परिक्षामा मात्रै उनी लोकसेवा पास गरेर अधिकृत वनेका थिए । तर अमत्याई लागेपछि गत चैतमा उनले छँदाखाँदाको जागिर छोडे।

सरकारी जागिरबाट राजीनामा दिएर बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी थिए। तर, त्यहाँ नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३७९३ मत ल्याएर मेयर जिते। उनले पाएको पुतली चिन्ह १४८ मत ल्याएर फुर्र उड्यो।

निर्वाचन हारेपछि भने उनले आफ्नो हारको कारण नेपालको दलीय व्यवस्था रहेको बताए । उम्मेदवारी दर्ता गर्नुअघि घरदैलो गर्न जाँदा उत्साहजनक प्रतिक्रिया पाएको तर मत नपाएको उनले गुनासो गे। 

घरदैलोमा जाँदा जस्ले आफनुलाई हौस्यायो, उहि मानिस अहिले पार्टीको झन्डा बोकेर ¥यालीमा गएको देख्दा निराशा भएको उनले बताए। चुनावी परिणामले राजनीति सकिएको अनुभव गरेका उनी फेरी सरकारी जागिर खाने तयारीमा छन् ।

गिरीले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा पनि नाम निकालेका छन्। विद्युत प्राधिकरणमा अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए। प्राधिकरणमा नाम निस्किएला भन्ने उनलाई लागेको थिएन।

३५ वर्षका गिरीले पाँच वर्षपछि हुने स्थानीय चुनावमा फेरि मेयर लड्ने योजना बनाएका छन् ।
 

बनेपा नगरपालिका

विशेष