News

विजय जुलुस सकिएपछि वर्दिवासमा कहाँबाट आयो सिलसहितको मतपेटिका ?

विजय जुलुस सकिएपछि वर्दिवासमा कहाँबाट आयो सिलसहितको मतपेटिका ?

तीन दिन अगाडि निर्वाचन अधिकृतको कार्यालयले बर्दिबास नगरपालिका–८ को मतपरिणाम सार्वजनिक गर्यो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले सार्वजनिक गरेको मत परिणम अनुसार माओवादी केन्द्रबाट शमशेरसिंह लामा वडाध्यक्ष निर्वाचित भए ।

घोषणाअनुसार माओवादी केन्द्रका लामाले आठ मतले एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए । यस लगत्तै एमालेले मत गणनामा धाँदली भएको आरोप लगायो। एमालेको यही आरोपलाई पुष्टि गर्ने गरी सिल नै नतोडिएको मतपेटिका भेटिएको छ।

मत गन्दै नगनेको पेटिका फेला परेपछि निर्वाचन अधिकृतका कार्यालय भने समस्यामा परेको छ। यद्यपी स्टोरमा राख्ने क्रममा त्रुटि भएको स्विकार्दै सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने सहायक निर्वाचन अधिकृत सर्मिला तामाङले बताएकी छिन् ।

तर, माओवादी भने यो कुरा मान्न तयार छैन। फूलमाला र अविरजात्रा गरिसकेका माओवादीका कार्यकर्ता ‘त्रुटि भयो, मत गणनामा वसौं’ भन्दैमा कसरी तयार होलान ? माओवादीले पुनः मत गणना गर्नुको अर्थ नरहेको प्रतिक्रिया समेत जनाई सकेको छ।

माओवादी प्रदेश कमिटी सदस्य राजन ढुंगना भन्छन्–‘निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा र प्रमाणीकरण गरिसकेको छ । अव मतपेटिका खोलेर गणना गर्नुको के अर्थ ?’
 

बर्दिबास

विशेष