News

यस्ता पनि बालेन्द्रका समर्थकः छाडा बोल्ने, धम्याउने र छद्मभेषी

यस्ता पनि बालेन्द्रका समर्थकः छाडा बोल्ने, धम्याउने र छद्मभेषी

हाम्रो देश कृषि प्रधान देश हो। किसानले आफनो जमिनमा अन्न उब्जाउँछ र आफुलाई पुग्ने अन्न राखेर बाँकी काँटा (खरिद विक्रि केन्द्र) मा लगेर बेच्छ। काँटामा लगेपछि ब्यापारीले वोराको अन्न जाँच गर्छ, त्यसका लागि बोरालाई छेडेर भित्रबाट केही अन्न निकाल्न सकिने गरी राखिएको एउटा सुईरोको प्रयोग गरिन्छ।

उक्त सुईरोमा आएका थोरै अन्न हेरेर ब्यापारीले बोराको सम्पुर्ण अन्नको गुणस्तर परिक्षण गर्छ। र सोही अनुसारको मुल्य किसानले पाउँछ। त्यसै गरी अहिले काठमाण्डौं महानगरपालिको मतगणनामा मेयर वन्ने दौडमा रहेका बालेन शाह (बालेन्द्र साह) को पनि परिक्षण चलिरहेको छ। उनको बारेमा थोरै मात्रै जानकारी पाएका सर्वसाधारणले बालेन नाम गरेको हरेक बोरामा सुईरो घुसारी रहेका छन् । अर्थात बालेनको वारेमा लेखिएका, वोलिएका र देखाईएका हरेक श्रब्यदृष्य सामग्री चाहारिरहेका छन् ।

खास गरी उनलाई अहिले धेरैले फेसवुक, अनलाईन पोर्टलहरु र टिभी च्यानलहरुमा खोजिरहेका छन् । सामाजिक सञ्जालमा अहिले उनले पाएको भोट भन्दा पनि उनका समर्थक कस्ता छन् र कुन हैसियतका मान्छे हुन भन्ने हिसावले उनको मुल्यांकन भईरहेको छ।

तर, सामाजिक सञ्जालमा सुईरो घुसार्दा भेटिने उनका समर्थक र साथीसंगतीहरुको मुल्यांकनले भने बालेनको गुणस्तर खासै पोजेटिभ देखिएको छैन। यस्ता देखिएका छन् उनका समर्थक। 

१. बिरोध सहन नसक्ने
विशेषगरी अहिले युवा पुस्तामा बालेन क्रेज ब्याप्त छ। उनीहरु बालेन प्रति लठ्ठै छन। यो पुस्ता बालेनका हरेक कुरालाई राम्रो/नराम्रो केही नसोची विश्वास गर्छ र समर्थन गर्छ। सत्य नै भएपनि बालेनको नकारात्मक टिप्पणी उनीहरु सुन्न तयार छैनन्। उनीहरुले बालेनलाई आफु जस्तै सोचेका छन् । कतिपयले त ‘फिल्म हेर्दा हिरोको ठाउँमा आफुलाई राखेर रोएझै’ आफुलाई नै बालेन साह सोचिरहेका छन् । उनीहरुको दिमागमा राजनीतिक दलका नेताहरु प्रति असन्तोष छ। त्यसैले ‘युवा जोस छ। अहिलेसम्म कसैले केही गरेनन्, बालेनले गर्छु भनेर आएको छ। किन विरोध गर्ने ?’ भन्ने दुईटा तर्क वाहेक उनीहरुसँग अर्को तर्क छैन। त्यसैले हातमा मोवाईल र प्रविधिको उपयोग गर्न जानेको फाईदा उठाउँछन् र बालेनको विषयमा टिप्पणी गर्नेप्रति धारे हात लगाउँछन्।

२. अपशब्द प्रयोग गर्ने


सामाजिक संजाल र अनलाईन पोर्टलमा बालेन विरुद्ध कसैले बोले वा लेखे उनका समर्थक तर्क गरेर वादविवाद गर्नैनन्। अपशब्द प्रयोग गरेर गाली गर्छन। जसरी बालेन साहले आफनो गितमा अपशब्द प्रयोग गरेर महिला संवेदनशिलताको ख्याल नगरेको आरोप लागिरहेको छ, त्यसैगरी उनका समर्थक पनि अपशब्द प्रयोग गर्ने र गाली गर्ने कुरामा बालेन भन्दा उदार छन् ।

३. ज्यान मार्नेसम्मको धम्की
बालेनका अधिकांश समर्थक सामाजिक सञ्जालमा उनका विरुद्ध वोल्ने जो कोहीलाई सिद्याउने सम्मको धम्की दिन्छन्। तेरो फोन नम्वर र ठेगाना दे, तँलाई घरमै पुगेर ठिक पार्छौ भन्दै म्यासेज पठाउँछन्। करङ भाँच्ने, छाला फर्काउनेलगायतका धम्की उनीहरु धेरै सोच्दै नसोची सहज रुपमा लेख्छन्। म्यासेज गरेर अपशब्द प्रयोग गर्नु र ज्यान मार्ने धम्की दिनु उनीहरुका लागि सामान्य झै छ।

४. छद्मभेसी/वास्तविक्तासँग डराउँछन्
बालेन साह जसरी आफुलाई कालो चस्मा भित्र लुकाउँछन्, त्यसैगरी उनका समर्थक पनि अधिकांश छद्मभेसी छन् । बालेनले सुरु देखिनै मतदातासमक्ष खुलाउने भन्दा पनि लुकाउने काम धेरै गरे। उनी कुनै पनि विवाद चाहाँदैनन्। मिडियासँग भाग्छन्। कुनै पनि तह र तप्कामा आफूबारे प्रश्न उठेको रुचाउँदैनन्। उनीमात्र होईन, उनका अधिकांश समर्थक पनि बास्तविक्तासँग डराउँछन्। उनीहरु बालेनको वारेमा कसैले टिप्पणी गरे, लुकेर प्रहार गर्छन। ‘फेस टु फेस’ कुरा गर्ने, तर्क गर्ने र राम्रो/नराम्रो खुट्याउने हिम्मत उनीहरुसँग छैन। त्यसैले उनीहरु सामाजिक सञ्जालमा ‘फेक आईडी’ प्रयोग गर्छन। गाली गर्न र धम्क्याउन प्रयोग गरिने अधिकांश सामाजिक सञ्जालका आईडीमा उनीहरुको वारेमा जानकारी पाईदैन।

५. वैदेशिक रोजगारीमा रहेका धेरै
बालेन साहको वारेमा कसैले टिप्पणी गरे सामाजिक सञ्जालमा धम्क्याउने, छाडा वोल्ने र अराजक वन्ने कतिपय ब्यक्ति रोजगारका क्रममा विदेशमा छन् । उनीहरुलाई नेपालको राजनीति र चुनावका वारेमा खासै धेरै मतलव छैन। उनीहरुको उदेश्य भनेको प्राय सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नु, अरुको मानमर्दन गर्नु र त्यसैबाट आनन्द लिनु हो। 

६. चिन्दैनन् बालेन साह/वुझ्दैनन् आनीबानी
बालेन साहका अधिकांश समर्थकले अहिलेसम्म बालेनलाई चिनेका छैनन्, भेटेका छैनन र बोलेका छैनन्। अधिकांशले टेलिभिजन स्क्रिनमा वाहेक बालेनलाई देखेका पनि छैनन्। मिडिया र सामाजिक सञ्जालमा बालेनका वारेमा ल्याईएका राम्रा पक्ष वुझेर टिकाटिप्पणी गर्छन। बालेनको नकारात्मक पक्ष के हो, बालेनको घर–परिवार, साथी–संगति, उनको वैचारिक–सैद्धान्तिक धरातल के हो जस्तो पक्षसँग उनीहरु पुर्णतया अनभिज्ञ छन्। सामाजिक सञ्जालमा ‘हो, हो...’ भनेका भरमा बालेन, बालेन... भन्दै कुद्ने प्रवृत्ति उनका समर्थकमा देखिएको छ।

यो पनि,

बालेन शाह

विशेष