News

५ वर्ष कार्यालय सहयोगी भएर काम गरेको वडामै अध्यक्ष निर्वाचित 

५ वर्ष कार्यालय सहयोगी भएर काम गरेको वडामै अध्यक्ष निर्वाचित 

दाङको राप्ती गाउँपाकिला ८ मा कार्यालय सहयोगीबाट राजिनामा दिएएर चुनाव लडेका चन्द्रबहादुर गुरुङ केही दिनभित्रै सोही वडा कार्यालयको अध्यक्ष भएका छन् ।

०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि गुरुङ कार्यालय सहयोगी पदमा नियुक्त भए थिए । उनले झण्डै पाँच वर्ष वडा कार्यालयको कार्यालय सहयोगी भएर काम गरे।

तर, ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले उनलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्यो। त्यसपछि गुरुङले कार्यालय सहयोगीको पदबाट राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिए।

नभन्दै उनालाई स्थानीयबासीले वडाध्यक्षका रुपमा स्विकार गर्दै निर्वाचित गरेका छन् । नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलाई १३४ मतले पछि पार्दै चन्द्रबहादुर वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

चन्द्रबहादुरले ९५० मत प्राप्त गर्दा कांग्रेसका प्रभाकरदेवले ८१६, नेकपा माओवादी केन्द्रका रामचन्द्र चौधरीले २०६, नेकपा एकीकृत समाजवादीका विष्णु गुरुङ्गले ९८, मंगोल नेसनल अर्गनाईजेसनका मोतिलाल चौधरीले ७० र राप्रपाका यदुवंशी चौधरीले ६१ मत प्राप्त गरेका छन्।

चन्द्रबहादुरसँगै उनको सिंगो टिम नै वडामा निर्वाचित भएको छ। सदस्यमा आत्माराम पौडेल, चुमानसिंह खत्री क्षेत्री, महिला सदस्यमा पार्वती सुवेदी, दलित महिला सदस्यमा रञ्जना सुनाम निर्वाचित भएका छन् ।

विशेष