ओलीले आफनै गृह नगर पनि जोगाउन सकेनन्, दमकमा गठवन्धनको कब्जा
![ओलीले आफनै गृह नगर पनि जोगाउन सकेनन्, दमकमा गठवन्धनको कब्जा](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/damak.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कब्जा जनाएको छ। नेकपा एमालेका उम्मेदवारलाई ५५९ मतले हराउँदै दमकमा राप्रपाका मेयर निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित राप्रपाका राम थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने एमालेकी गीता अधिकारीले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई विजयी भएकी छन् । उपमेयरमा निर्वाचित रेगिनाले १७ हजार ७२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत पाए ।
दमकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपासहित ६ दलबीच गठबन्धन थियो भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।
१० वटा वडा रहेको दमक नगरपालिकामा कुल ३९७३६ मत खसेको थियो। ०७४ सालको स्थानीय तह निर्वाचनमा यो नगरपालिकामा मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।