News

१४ वडाको मत गन्दा दुईटामा स्थापित र सिंह, अरु सवैमा बालेन अगाडि

१४ वडाको मत गन्दा दुईटामा स्थापित र सिंह, अरु सवैमा बालेन अगाडि

काठमाण्डौं महानगरपालिकाको १४ वटा वडाको मत गणना गर्दा जम्मा दुईटा वडामा एमाले र कांग्रेसका उम्मेदवारले स्वतन्त्र उम्मेदवार बालेन साहलाई पछि पारेका छन्। र पनि बालेनको अग्रता साढे १२ हजार भन्दा वढि छ।

पछिल्लो विवरणअनुसार २७ नम्बर वडामा ९ सय २२ मतगणना हुँदा स्थापितले ३ सय ८ मत र सिर्जनाले २ सय ३५ पाउँदा बालेनले १ सय ६१ मत पाएका छन् ।

२८ नम्बरमा पनि बालेन केही मतले मात्रै पछाडि छन् । ३ हजार ३१ मतगणना हुँदा स्थापितले ७ सय ४१, सिर्जनाले ७ सय ३० र बालेनले ७ सय २१ मत पाएका छन् । मतगणना भएका २७ र २८ वडाबाहेक अरु सबैमा बालेन अगाडि छन् ।

हालसम्म करिव ७१ हजार मतगणना हुँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले २७९६७ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४७८२ पाएका छन् । यसैगरी सत्ता गठवन्धनका तर्फबाट उम्मेदवार वनेकी कांग्रेसकी सिर्जना श्रेष्ठ १४४३९ मत पाएकी छिन् ।

हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०,३१ र ३२ को मत गणना भईसकेको छ।

विशेष