News

वडा सदस्य जितेको खुसी थाम्न नसकेर सुतिहारको ज्यान गयो

वडा सदस्य जितेको खुसी थाम्न नसकेर सुतिहारको ज्यान गयो

सप्तरीमा एक जना नवनिर्वाचित वडा सदस्य शपथ ग्रहण गर्न नपाउँदै वितेका छन् । राजगढ गाउँपालिकाका वडा सदस्यको ६९ वर्षीय राजेन्द्र सुतिहारको शुक्रवार निधन भएको हो ।

राजगढ गाउँपालिका –५ धौनकी टोलका सुतिहारको अचानक निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । वडा सदस्यमा निर्वाचित भएपछि उनी अत्यन्तै खुसी देखिएका थिए । 

जसपाको तर्फबाट उम्मेदवार बनेर निर्वाचनमा सहभागि भएका सतिहार बुधबार साँझ आएको मत परिणाम अनुसार वडा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित हुने दुई वडा सदस्यमा सर्वाधिक मत उनकै छ। उनले ४७४ मत ल्याएका थिए ।

एमालेका उम्मेदवारलाई पराजित गर्दै वडा नम्बर ५ मा प्यानलसहित जसपाको जितमा उनी र हरी मण्डल निर्वाचित भए । मतपरिणाम सार्वजनिक भएपछि उनी बिहीबार विजय जुलुसमा सहभागि भए। खाना खाएर सुतेको उनी बिहान घरमै मृत्यु अवस्थामा फेला परेको स्थानीयले वताए ।

उनको मृत्युको कारण नखुलेपनि अधिक खुसी भएका कारण यस्तो भएको हुन सक्ने स्थानीयको अनुमान छ।

मृतक सुतिहारका श्रीमती, २ छोरा र १ छोरी छन् । 
 

विशेष