News

मादक पदार्थ सेवन गरेका एसएसवीले सिमा क्षेत्रमा गोली चलाए

मादक पदार्थ सेवन गरेका एसएसवीले सिमा क्षेत्रमा गोली चलाए

मादक पदार्थ सेवन गरेका भारतीय सुरक्षार्की एसएसवीले विराटनर नजिकै दशगजा क्षेत्रमा फायर खोलेका छन्। विराटनगर – १८ इस्लामपुर स्थित नेपाल–भारत सीमा क्षेत्रमा ति सुरक्षाकर्मीले तीन राउण्ड फायर गरेको स्थानीयले वताए ।

डियुटिमा खटिएका एसएसबीले सोमबार दिउँसो करिव २ बजे दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर फायर गरेको विराटनगर १८, इस्लामपुरका स्थानीयवासीले वताए । मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि स्थानीयवासीले उनलाई घेराउ गरेका थिए ।

स्थानीयद्वारा घेरिएपछि आफ्नो सुरक्षाका लागि उनले हवाई फायर गरेको हुनसक्ने सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको आशंका छ। हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङले पनि दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गरेको छ। मोरङका एसपी शान्तिराज कोइरालाले गोली भारतीय क्षेत्रमा चलेको वताए । किन गोली चल्यो भन्ने विषयमा जानकारी लिने प्रयास भईरहेको उनले वताए । 
 

गोली

विशेष