News

सामाजिक सञ्जालमा यसरी हुँदैछ प्रधानमन्त्री देउवाको मानमर्दन

सामाजिक सञ्जालमा यसरी हुँदैछ प्रधानमन्त्री देउवाको मानमर्दन

छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीको अवसर पारेर गत जेठ २ गते नेपालको ६ घण्टे धार्मिक भ्रमण गरे। विशेष पुजापाठ र त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएर सोही दिन अपराह्न उनी स्वदेश फर्किए।

स्थानीय चुनावको मतगणनाका कारण अघिल्ला वर्षहरु जस्तो यस पटक मोदीको भ्रमणले खासै राष्ट्रिय चर्चा पाएन। वरु नेपालका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको भने ब्यापक आलोचना भयो। आलोचना मात्र होईन, कार्यक्रममा सहभागी भएको प्रधानमन्त्री देउवाको भिडियोलाई सम्पादन गरेर सामाजिक संचालनमा मानमर्दन समेत भईरहेको छ।

खासगरी समकक्षी मोदीसँग कुम जोडेर बस्दाको ‘बडी ल्याग्वेज’ र आसनका विषयमा देउवाको आलोचना भईरहेको छ। देउवाको छटपटी, तनाव, पटक—पटक उँघेको र हाई काढेको दृष्य आलोचनाको विषय वनेका छन। यस वाहेक प्रधानमन्त्रीले -याल काढेको र हातले पुछेर मिचमाच पारेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

हेर्दै सम्पादन गरिएको जस्तो देखिएको यो भिडियोका विषयमा नेपाल आजले प्रधानमन्त्रीको सचिवालयमा जिज्ञासा राखेको थियो। उक्त दृष्य सत्य नभएको प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

के हो वास्तविक्ता
स्थानीय तहको निर्वाचन र क्यान्सरबाट पीडित आफनै सहोदर भाई प्रेमबहादुर देउवा विरामी परेका कारण प्रधानमन्त्री देउवा तनावमा थिए । कयौं दिनदेखि आराम गर्न नपाएको र भाई विरामी भएका कारण पर्याप्त निदाउन नपाएका कारण उनी थकित थिए । 

तर, कूटनीतिक मर्यादाका कारण भारतीय समकक्षीलाई स्वागत गर्न लुम्बिनी पुग्नै पर्ने बाध्यता पनि उनीसँग थियो। कुटनितिक हिसावमा समकक्षीलाई लिन समकक्षी नै पुग्दा त्यसले त्यो देशसँगको सम्बन्धलाई उच्च महत्व दिएको सन्देश प्रवाह हुन्छ। प्रधानमन्त्री आफैंले समकक्षीलाई स्वागत गर्नु प्रचलित कूटनीतिक अभ्यासभित्रै पर्छ। भारत जाँदा नेपालका प्रधानमन्त्रीलाई विमानस्थलमै समकक्षीले स्वागत गरेका उदाहरण पनि छन्।

यहि बाध्यताका कारण उनी मोदीलाई स्वागत र बिदाई गर्न आफैं हेलिप्याडसम्म पुगे । तर, त्यसै विषयलाई जोडेर अहिले उनको मान मर्दन भईरहेको छ। भाई प्रेमवहादुरको पनि निधन भयो। यस्तो वेलमा न्युनतम मानविय सम्बेदनाको पनि ख्याल नगरी साईवर स्यालहरुले प्रधानमन्त्रीको मानमर्दन गरिरहेका छन्। 

यसरी पीडामा रहेका देउवालाई सान्त्वना दिनुको सट्टा भिडियो सम्पादन गरेर मानमर्दन गरेको र प्रतिष्ठा हरण गरेको विषयमा हालसम्म सम्वन्धित निकायले चासो देखाएको देखिएको छैन। यस अघि पनि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर सामाजिक सञ्जालमा यस्ता अपाच्य कृयालाप हुँदै आएका थिए । तर, त्यस्ता ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही गरेको थियो। तर, देउवा प्रकरणमा प्रहरीको साईवर ब्युरो किन चुप लागेर वसेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाउन थालिएको छ।

विशेष