News

कलैयाका मेयर र उपमेयरलाई तौल वरावरको लड्डु उपहार

कलैयाका मेयर र उपमेयरलाई तौल वरावरको लड्डु उपहार

बाराको कलैयामा मेयर र उपमेयर जितेका विनोद साह र रौशन प्रविनलाई उनीहरुको तौल वरावरको लड्डु उपहार दिईएको छ। उनीहरुका समर्थकले तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

चुनाव जितेर विजयी -यालीमा वडा नं १० मा पुगेका दुवैलाई स्थानीय महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् । मेयर उपमेयर दुवै जना नेकपा एमालेबाट निर्वाचित भएका हुन। 

ठकुराईले मेयर र उपमेयरलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइ। लड्डु समर्थक र जुलुसमा सहभागिलाई बाँडिएको छ । आफु वरावरको लड्डु वडा नं १० का वडाध्यक्ष मोहमद सबिरले पनि पाएका छन् । 

कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी भएकी हुन । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए । 
 

विशेष