ललितपुरको मत परिणामले गठवन्धनमा तरंग, माओवादीले भोटै पाएन
![ललितपुरको मत परिणामले गठवन्धनमा तरंग, माओवादीले भोटै पाएन](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/chiribabu.jpg)
स्थानीय तह निर्वाचनमा ललितपुरमा आएको मत परिणामले सत्ता गठवन्धनमा तरंग उत्पन्न भएको छ। मेयरको तुलनामा गठवन्धनकातर्फबाट कांग्रेसका उम्मेदवारलाई भोट नआएपछि कांग्रेसले धोका दिएको अभिब्यक्ति आउन थालेका छन् ।
ललितपुर महानगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको छ । जसमा चिरीबाबु महर्जनले मेयरमा २७२४२ मत पाउँदा उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १०८३४ मत मात्रै पाएका छन् ।
उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्यले बज्राचार्यलाई जितेकी छन् । उनले १५५९२ मत पाएकी छन् । मेयरमा भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६१४५ मत पाउँदा चिरिबाबुले ११ हजार बढीको मतान्तरका साथ अग्रता बनाइरहेका हुन् ।
ललितपुरमा ५० हजार बढी मतगणना भइसकेको छ ।