News

पूर्वसचिव उपाध्याय भन्छन्– गेम ओभर, केशव स्थापित गए खोलैखोला

पूर्वसचिव उपाध्याय भन्छन्– गेम ओभर, केशव स्थापित गए खोलैखोला

सामाजिक सञ्जाल फेसवुकमा सधैं चर्चामा रहने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले काठमाण्डौं महानगरपालिकाको मेयर चुनाव अघि नै घोषणा गरिदिएका छन् । उनको घोषणा अनुसार नेकपा एमालेका उम्मेदवार केशव स्थापितको गेम ओभर भएको छ।

एक जना मेयरका स्वतन्त्र उम्मेदवारसँग कुराकानी गर्दा केशव स्थापित ‘खोलैखोला गएको’ भन्दै उनले स्थापित प्रतिस्पर्धामै नआउने दावी गरेका छन्। निर्वाचनमा नेपाली कांगे्रसकी उम्मेदवार सिर्जना श्रेष्ठ, बालेन शाह र उपाध्यायले कुरा गरेको भनिएका तर, नाम नखुलाईएका उम्मेदवारका विचमा प्रतिस्पर्धा हुने उनको दावी छ।

‘काठमेयरका अर्का एक सशक्त पपुलर स्वतन्त्र उम्मेदवारसँग आज फोनमा कुराकानी भयो। कस्तो छ तपाईको अवस्था भनेर सोद्धा अन्तिम क्षणमा समाजका साथीहरू उम्मेदवारी दिन जोडबल गरे तर अप्रत्यासित तिब्र गतिमा दिनदिनै समर्थन बढीरहेको छ भने’ उपाध्यायले लेखेका छन्–‘स्थापितको के छ अवस्था ? भनेर सोद्धा उनी त अब गए खोलैखोला भने। उनी पनि नेवाः समुदायका पपुलर समाजसेवी हुन्। मलाई लाग्छ अब सिर्जना, बालेन र यिनै स्वतन्त्रबीच प्रतिष्पर्धा हुने भएजस्तो छ। गेम ओभर!’

उपाध्यायले नाम नलिएका स्वतन्त्र उम्मेदवार सुमन रायामाझी हुन सक्ने अनुमान गरिएको छ। उनको स्ट्याटसमा कतिपयले भने ‘वुढाले गाँजा खाएछन्’ भन्दै कमेन्ट गरिएको छ। उपाध्याय स्वतन्त्र उम्मेदवार बालेन शाह समर्थक हुन्।

उपाध्याय फेसबुकमा जथाभावी स्ट्याटस लेखेको भन्दै एक वर्षअघि ०७७ वैशाखमा पक्राउ परेका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लक्षित टिप्पणी गरे बापत पक्राउ परेका उनी चार दिन हिरासत बसेका थिए। पछि उनलाई २५ हजार धरौटीमा रिहा गरिएको थियो। सामाजिक सञ्जालमा जथामावी लेखेर साइबर कानून उल्लंघन गरेको आरोपमा पक्राउ परेका उपाध्यायले आफ्नो गिरफ्तारी लोकतन्त्रमाथि प्रहार भएको बताएका थिए ।
 

भीम उपाध्याय केशव स्थापित

विशेष