News

एमाले नेता घरमै पराजित, वुटवलमा २५ वर्षको विरासत कांग्रेसले ढाल्यो

एमाले नेता घरमै पराजित, वुटवलमा २५ वर्षको विरासत कांग्रेसले ढाल्यो

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टी कमिटिका हस्तिहरुकै गृहपालिका एमालेले गुमाएको छ। 

अध्यक्ष ओलीको गृहनगर दमक, उपाध्यक्ष विष्णु पौडेल, सचिव रघुविर महासेठ लगायत केन्द्रीय कमिटिमा प्रभुत्व जमाएका नेताहरुले नै आफनो स्थानीय तहमा पार्टीको साख जोगाउन सकेनन् ।

अध्यक्ष ओलीको गृहनगर दमक नगरपालिकामा सत्ता गठवन्धनका तर्फबाट उम्मेदवार वनेका राप्रपाका राम थापाले एमाले उम्मेदवार गीता अधिकारीलाई  ५५९ मतले हराए। थापाले १७ हजार ५२५ मत प्राप्त गर्दा अधिकारीले १६ हजार ९६६ मत पाईन।

यसैगरी, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र रहेको बुटवल उपमहानगरमा कांग्रेसले एमालेको २५ वर्षको बिरासत ढालेको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डे ७५३३ मतान्तर सहित विजयी भएका छन् । बुटवलमा खसेको कुल ६३ हजार १ सय १६ मतमध्ये खेलराजले ३०१३० मत र एमालेका उम्मेदवार बाबुराम भट्टराईले २२५९७ मत पाए।

उनलाई एमालेकै उपमेयर उम्मेदवार भन्दा पनि कम मत आएको छ । उपमेयरमा एमालेकै साबित्रादेवी अर्याल निर्वाचित भईन।

यसैगरी, एमालेका सचिव एवम् मधेश प्रदेश इन्चार्ज रघुविर महासेठको पालिकामा एमाले पत्तासाफ भएको छ। महासेठको गृहनगर धनुषाको मिथिला विहारी नगरपालिकामा प्यानलसहित नेपाली कांग्रेस विजयी भएको छ। 

मेयरमा नेकपा एमालेका उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै कांग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भएका हुन्। राजेन्द्रले ४३०४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी निवर्तमान मेयरसमेत रहेका अनिलले ४०९४ मत ल्याए। 
 

विशेष