News

चुनावको वेला किन आए राहुल गान्धी नेपाल ?

चुनावको वेला किन आए राहुल गान्धी नेपाल ?

भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । ५ दिने नेपाल भ्रमणका लागि उनी सोमवार काठमाण्डौं आईपुगेका हुन।

भिस्तार एयरलाइन्सको विमानबाट साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । 

उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्नििमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ । उनी शुक्रबार स्वदेश फर्कने जनाईएको छ। 

स्थानीय तह निर्वाचनको समय पारेर नेपाल आएका गान्धि यसअघि ०७५ भदौ १५ गते पनि नेपाल आएका थिए ।
 

राहुल गान्धी

विशेष