News

बस दुर्घटना हुँदा १३ जना घाईते, १८ महिने बालक वेपत्ता

बस दुर्घटना हुँदा १३ जना घाईते, १८ महिने बालक वेपत्ता

डोटीमा शनिबार विहान यात्रु बस दुर्घटना हुदा १८ महिने बालक बेपत्ता भएका छन् भने १३ जना घाईते भएका छन् । 

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानीमा दुर्घटना भएको थियो। दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन बेपत्ता छन् । दुर्घटनमा परेको बस बस सेती नदीको किनारमै पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

१३ जना घाइते मध्ये बसका सहचालकसहित ३ जना गम्भिर घाइते रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारका लागि धनगढी पठाईएको छ। ८ जना सामान्य घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी भोलाकुमार भट्टले जानकारी दिए ।

बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताए । 

विशेष