News

यौन दुराचारको आरोप लगाउने महिलालाई स्थापितले आँखा जुधाउन बोलाए

यौन दुराचारको आरोप लगाउने महिलालाई स्थापितले आँखा जुधाउन बोलाए

काठमाण्डौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले ‘यौन दुराचार’को आरोप लगाउने महिलालाई आफुसँग आँखा जुधाएर कुरा गर्न चुनौती दिएका छन् । चुनावका वेलामा षडयन्त्रपुर्वक उठाईएको कुराको पछाडि आफु नलाग्ने उनले वताए।

‘यौन दुर्वव्यवहारको विषय किन बेलाबेला देखापर्छ। अरू केही समूह किन वक्तव्यबाजी गर्छन? त्यहाँ कुनै षड्यन्त्र छ। निर्वाचनपछि यो विषय सकिन्छ। यो विषयमा कसैले लगानी गर्नेवाला छैन’ उनी भन्छन्–‘संलग्न नभएको विषयमा मैले किन प्रतिवाद गर्ने? म अहिले पनि आरोप लगाउनेसँग फेस टू फेस आउन आग्रह गर्छु। उहाँले मसँग आँखा जुधाउन सक्नुहुन्न।’ 


एउटा अनलाईनलाई अन्तरवार्ता दिने क्रममा स्थापित भनेका छन्–‘अगाडि वसौं, फेस टु फेस। मसँग आँखा जुधाउन सक्दैन क्या। तपाईकै कार्यक्रममा फेस टु फेस वसौंन। कुन दिन, कुन वेला मैले फोन गरें ? फोन गरेको भए यति चतुर महिलाले एफएम संचालन गर्ने...। मलाई थाहा पनि छैन उसको क्वालीफिकेसन। कमसेकम मोवाईल नम्वर त सेभ गरेको होला नी। दिस ब्याड गाईज इज डुईङ दिस। अनि मैले चै म्यासेज गरें अरे। म्यासेज त सेभ गरेको होला नी ? एफएम चलाएको..., एफएमबाटै फुकिदिएको भए, मेयर वाज गन। एक मिनेटमा जाँदैन ? मैले २५ वर्ष सहें रे, केको लागि सहेको ? केही चै एउटा अनौठो फल फलाउन लाई चै सहेको हो ?’ 

उनले यौन दुराचारको वारेमा गरिएको प्रश्नमा ‘प्रश्नै मिलेन’ भन्दै भनाई सुरु गरे। तपाई योङ हुनुहुन्छ। मैले अस्ति पनि भेनेको यही हो। यु आर लुकिङ गुड। मेरै छोरी पनि भएर तपाईसँग लभ परेर छोरी लगे मलाई आपत्ति भएन, मन मिल्यो भने। तर, मेरो छोरीले, तपाईसँग सम्पर्कै छैन, मेरो पोई भन्दियो भने के गर्ने ? प्रमाणित गर्न उ जानु परेन ? एल्ले गरेको यो यो यो... तथ्य आधारमा यो मेरो पोई भनेर अदालतमा उ जाने हो क्या। तपाई बाटोमा हिडेको, पत्रकारीता गरेको, कुनै ठाउँमा एउटा फोटो खिचेको पाएर सँगै वसेको एउटा फोटो छ भनेर...। मैले कल गरेको रे। आई नेभर कल हर। आई नेभर। तपाईले खोज्नोस होइन, महानगरपालिकामा खोज्नोस । तपाईहरुको दायित्व हो। त्यो महानगरपालिकाले दिएको बक्तब्य हर्नोस है, महानगरपालिकाले दिएको बक्तब्य। अव त्यहाँको चै फुटेजहरु केहीले प्रशारण भएछ। त्यो त तपाईहरुको कुरा भयो नी। वहाँमाथि छानविन गरेर, वहाँले गएर, हात उठा गरेर भ्रष्टाचार गरेर, यो गरे, अर्गनाईजेसनबाट हटेको छु भनेको वहाँको विषय होनी। मेरो विषय हो ?

यो कुरा महिलाले किन भनेको त भन्ने प्रश्नमा ‘यस अघि यो कुरा किन आएन त ?’ भन्ने आसमा कुरा राखे । उसले किन भन्छ भने वहाँ र म यो समाजवादी पार्टीमा, जनता समाजवादी पार्टीमा थियौं। म उम्मेदवार थिए, मेरो प्रचारक थियो क्या। त्यहाँ प्रतिवाद गर्नु पर्दैन ? पार्टीमा भएको वेला। चुनावमा हिड्याथ्यो नी। त्यो वेलामा चै संगसँगै हिडेको फेरी। आई नेभर फेड लाईक द्याट। केही पनि भएन, प्रश्नै उठेन। अनि टाईम टाईमा किन देखा पर्छ भनेको ? अनि अरु केही समुहहरु बक्तब्यवाजी किन गर्छ ? निर्वाचनपछि सिद्दियो क्या। निर्वाचनपछि सिद्दियो। निर्वाचनपछि सिद्दियो। किन भने नो वडि इज गोईङ टु फण्ड।

तपाईले मानहानी भयो भन्ने लगायतका अन्य उपाय पनि प्रयोग गर्न सक्नु हुन्थ्यो। तर, तपाई अर्कै रुपमा प्रश्तुत हुनु भयो नी ? भन्ने जिज्ञासमा उनले ‘वहाँहरुलाई कारवाही गर्छु भन्या छ। तीन दिनमा हाजिर हुन आउ भन्या छ, सवैलाई कारवाही भयो’ भने। उनले अगाडि भने– तपाई संलग्न नै नभएकोमा तपाई किन प्रतिवाद गर्नुहुन्छ भनेको ? किन मैले प्रतिवाद गर्ने भनेको? केही जरुरी छ ? म वुद्धको एउटा कुरा भन्छु– वुद्धले एकदम ध्यान, अन्तिम चरणमा पुग्यो। त्यो वेला व्राम्हणीक समाज हो नी । ल यसले खतम पार्यो है, वुद्धत्व प्राप्त भयो...। उनको दिब्य रुप सवैले देख्यो । अव भंग के गरी गर्ने ? त्यहाँ अलिकति पानी राख्याथ्यो, रक्सि खन्याईदियो। वुद्धले चै सुघ्दैन ? अव उलले चै रक्सि खन्याउन आउनेलाई प्रतिवाद गर्ने ? उ त ध्यानमा वस्ने हो। आफुले वुझ्ने हो, ध्यानको अन्तिम चरणमा छ। अनि फलफुलले हान्न आए। अव हान्यो, प्रहार भयो। ध्यान त छोड्नु भएन। अनि चै मृदंग बज्यो। संगीतले ध्यान खिच्छ। वुद्धले त संगित पनि त सुनिरहेको छ नी। अनि अर्धमुर्धित हुनुहुन्छ क्या वुद्ध चै । आधा कुरा त हेरिराखेको हुन्छ नी, भित्र पनि वाहिर पनि। नदेखिने होर ? वुद्धले आँखा वन्द गरेको होईन। संसार पनि हेर्दैछ, भित्र पनि जोडिईरहेछ। अव अर्धनग्न महिलाहरु आए, वक्षस्थल देखाउन थाले। मृदंग वजिरहेको छ। वुद्ध त त्यही छ नी, उसलाई अंकमाल गर्न आए। अहिले त प्रविधि छ, वुद्धले अंकमानल गरेको भन्यो भने वुद्धको दोश हुन्छ ? अव त्यो महिलाले चै मैले नै वलात्कार गरें भनेपनि वुद्धको दोस हुन्छ भनेको ? त्यो षडयन्त्रलाई आम मानिसले वुझेको छ क्या ? केशव स्थापितको चै ४० वर्षको इतिहाँस मैले गरेको रेकर्ड सवै वुझेको छ। म घरैपिछे गएर भान्सामा पकाउने मान्छेलाई महिला हिंसा भयो भनेर कसैले भन्यो ?

जो मान्छेलाई महानगरपालिकामा तानेर ल्याएर कार्यक्रममा राखेर, सार्वजनिक रुपमा स्टाफको विचमा। हात उठाएर, हात जोडेर, म चै यो अर्गनाईजेसमा वस्दिन भनेपछि अर्गनाईजेसनमा राजिनामा दिएर हुँदैन। छानविन समिति गठन भएर जे जे चै देखापर्छ कारवाही गर्ने भन्ने थियो। मैले हटाएको पनि होईन, त्यो सिस्टमले हटाएको हो। त्यो हटाएको कुरालाई एउटा सामान्य मान्छे। मेरो विरुद्ध चै सवै कर्मचारी लागेर यसलाई हटाउनु पर्छ भनेपछि मैले चै अन्तिम हस्ताक्षर गरेको हो। वहाँले अहिले पनि म भन्छु। अगाडि वसौं, फेस टु फेस, मसँग आँखा जुधाउन सक्दैन । 

यो पनि,

केशव स्थापित

विशेष