News

एमाले सचिव रघुविर महासेठको पालिकामा एमाले पत्तासाफ

एमाले सचिव रघुविर महासेठको पालिकामा एमाले पत्तासाफ

नेकपा एमालेका सचिव एवम् प्रदेश इन्चार्ज रघुविर महासेठको पालिकामा एमाले पत्तासाफ भएको छ। महासेठको गृहनगर धनुषाको मिथिला विहारी नगरपालिकामा प्यानलसहित नेपाली कांग्रेस विजयी भएको छ। 

मेयरमा नेकपा एमालेका उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै कांग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भएका हुन्। राजेन्द्रले ४३०४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी निवर्तमान मेयरसमेत रहेका अनिलले ४०९४ मत ल्याए। 

मिथिला विहारीको उपमेयरमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी भइन्। उनले ३३३० मत ल्याउँदा उनकी निकटतम प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २७९७ मत ल्याइन्।

मिथिला विहारीमा एमालेले निकै दौडधुप र चुनावी प्रचार गरे पनि १० मध्ये एउटा पनि वडामा एमालेले जित निकाल्न सकेन। महासेठ र उनकी पत्नी एमाले नेतृ जुली महतोले मतदान गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ मा समेत एमाले तेस्रो भयो। नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर साह वडाध्यक्षमा विजयी भएका छन्। 
 

विशेष