News

बलात्कार प्रकरणमा यसरी तानिईन पूर्वमिस नेपाल माल्भिका सुब्बा

बलात्कार प्रकरणमा यसरी तानिईन पूर्वमिस नेपाल माल्भिका सुब्बा

एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि शनिवार काठमाडौंको माइतीघर मण्डलमा युवाहरूले आन्दोलन गरेर धुलो उडाएका छन्।

बलात्कारीलाई कारबाही गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन। प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। यसअघि शुक्रबार युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए।

उक्त घटनाबारे छानबिन गर्न शुक्रबार नै गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले ५ सदस्यीय समिति पनि गठन गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको हो।

आफु बलात्कृत भएको वताएकी किशोरीले भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्। 

सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएकी ति किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै यो घट्नाको खुलासा गरेकी हुन। उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् ।

प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा भएको खुलाएकी छन् । होटलका कर्मचारीले दिएको ‘लेमनेड’ खाएको १०–१५ मिनेटमा आफू लठ्ठिएको र आफुमाथि यौन हिंसा भएको उनले वताएकी छिन् ।

उनले बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी छन् । त्यहाँ आफू एकदमै रोइरहेका बेला ती व्यक्तिले आफ्नो झोलामा २० हजार हालिदिएर उल्टै ‘तलाईं पैसा चाहिएको थियो, त्यसैले तैंले भने अनुसार नै सबै भएको’ भन्दै धम्क्याएको उनले बताएकी छन् ।

त्यतिबेला उनले आफ्नो नग्न तस्वीर र भिडियो खिचेको र कसैलाई घटनाबारे बताए सार्वजनिक गरिदिने भन्दै धम्की दिएको उनले भनेकी छन् । धम्कीका कारण आफूले घटनाबारे कसैलाई भन्न नसकेको उनले बताएकी छन् । र, ६ महिनासम्म आफूमाथि पटकपटक बलात्कार भएको उनले बताएकी छन् ।

यही घटनाको कारण आफू लामो समयसम्म डिप्रेसनमा गएको पनि उनले बताएकी छन् । पीडित युवतीले घटना भएका बेला पूर्वमिस नेपाल माल्भिका सुब्बा कोरियोग्राफर रहेको र आफूले उनलाई घटनाबारे बताएको भनेकी छन् । तर सुब्बाले आफूलाई सहयोग नगरेको उनको भनाइ छ ।

पीडितले हालै घटनाबारे भिडियो बयान सार्वजनिक गरेपछि सुब्बाले उनलाई म्यासेज गर्दै त्यतिबेला आफू नाबालिग करणी, बालयौन दुर्व्यवहार र सहमतिको सम्बन्धबारेका कानुनबारे पूर्ण जानकार नभएको बताएकी छन् । उनले हालै एक सन्देश सार्वजनिक गर्दै हिंसाका यस्ता घटनामा मौन बस्नु कुनैबेला झनै हानिकारक हुने आफूले सिकेको बताउँदै भनेकी छन्, ‘अब म मौन बस्ने छैन, उनी र उनी जस्तै अन्य अरु धेरै पीडितका लागि म लड्नेछु ।’ सुब्बाले आफूले पीडितलाई सहयोग गर्न नपाएकोप्रति माफी पनि मागेकी छन्।

तर, पीडितलाई समयमा सहयोग नगरेको भन्दै उनको तिव्र आलोचना भईरहेको छ। धेरैले उनको फेसबुक र इन्स्टाग्रामका पोष्टमा गाली गर्दै नराम्रो कमेन्ट गरररहेका छन्। पोष्टमा नराम्रो कमेन्ट आएपछि उनले इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी छन्। महिला अधिकार र हकको लागि भाषण गर्दै हिँड्ने तर बलात्कृत युवतीले सहयोग माग्दा गैरजिम्मेवार बनेको भन्दै उनीमाथि सामाजिक सञ्जालमा गालीको ओइरो आइरहेको छ।

कतिपयले उनलाई सामाजिक सञ्जालमा अनफलो अभियान चलाएका छन् भने कतिपयले आइडी रिपोर्ट गरिरहेका छन्।

अहिले उनको आइडी इन्स्टाग्राममा फ्लोर घटिरहेका छन् भने उनले इन्ष्टाको प्रोफाइलबाट फोटो हटाएकी छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि पीडितको पक्षमा खुलिरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले उनीमाथि भएको हिंसाबारे सुन्दा आफू अत्यन्तै दुःखी भएको बताएकी छन् । अभिनेत्री पूजा शर्माले पनि सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै यो घटना एउटा यौन हिंसाको घटना मात्र नभएको बताउँदै सिंगो मानवतामाथिकै प्रहार भएको बताएकी छन् ।

माल्भिका सुब्बा

विशेष