News

काठमाण्डौंमा रोचक मोडमा मतगणना, यस्तो छ बालेन र स्थापितको अवस्था

काठमाण्डौंमा रोचक मोडमा मतगणना, यस्तो छ बालेन र स्थापितको अवस्था

काठमाडौं महानगरपालिकाका ३२ मध्ये १५ वटा वडाको अन्तिम परिणाम आइसकेको छ। १५ वडाको कुल १ लाख १६ हजार ८ सय ८५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार साहहले ४१ हजार २ सय ७९ मत पाएका भने दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८५५ मत पाएकी छन्। साहले सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन्। 

यसैगरी १ लाख वढि भोटले जित्ने दावी गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको अवस्था भने रोचक अवस्थामा पुगेको छ। उनी अव दोस्रो स्थानमा समेत टिक्न नसकेपछि तेस्रोमा पुगेका छन् । उनले २३ हजार २४ मत पाएका छन्। स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन्।

काठमाण्डौ महानगरपालिकामा अहिले १ देखि १२ सम्म, २२ देखि ३२ नम्वर वडासम्मको मत परिणाम आएको छ। अव १७ वटा वडाको मत परिणाम सार्वजनिक हुन बाँकी छ। 

विशेष