News

एमालेको लालकिल्ला धरानमा साङपाङले गाडे लौरो

एमालेको लालकिल्ला धरानमा साङपाङले गाडे लौरो

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । सत्ता गठवन्धनका कांग्रेस उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतको अन्तरले पराजजित गर्दै मेयरमा हर्कराज राई साम्पाङ निर्वाचित भएका हुन।

आइतबार अपराह्न सार्वजनिक गरिएको मतपरिणाम अनुसार ३९ वर्षीय राईले २० हजार ८ सय २१ मत ल्याए। उनको प्रतिद्वन्द्वी ५४ वर्षीय किशोर राईले १६ हजार ५० मत प्राप्त गरेका छन्। उनी लौरो चिन्हमा चुनाव लडेका थिए।

त्यसैगरि नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी १२ हजार ८ सय २५ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन्। ३९ वर्षीया भण्डारी २०७४ सालमा एमालेबाट धरानको उपमेयरमा विजयी भएकी थिइन्।

त्यसैगरि गठबन्धनतर्फबाट नेकपा माओवादीका आइन्द्र विक्रम बेघा २० हजार ५ सय १० मतसहित उपमेयरमा विजयी भएका छन्। उनले नेकपा एमालेका पदमप्रसाद लिम्बुलाई २ हजार ९ सय ४ मतको अन्तरले पराजित गरे। लिम्बूले १७ हजार ६ सय ६ मत पाएका थिए।

धरानमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरतर्फ नेकपा एमालेका डा. तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी विजयी भएका थिए। मेयर सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका थिए।

वडातर्फ एमालेले १०, कांग्रेसले ७, माओवादी, राप्रपा र स्वतन्त्रबाट १÷१ वडा जितेका छन्। धरानलाई उपनिर्वाचन अघिसम्म एमालेको किल्लाको रुपमा मानिदै आएको थियो।
 

विशेष