News

यौन पीडितलाई देखाएर कस्ले गर्दैछ उपत्यकामा ठेक्कापट्टा ?

यौन पीडितलाई देखाएर कस्ले गर्दैछ उपत्यकामा ठेक्कापट्टा ?

‘मिस ग्लोबल इन्टरनेसनल–२०१४’ मा सहभागी एक प्रतिस्पर्धीले आफूमाथि आयोजक मध्येकै एक जनाले बलात्कार र यौन शोषण गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि उनको पक्षमा अहिले समर्थन जुट्ने क्रम जारी छ। 

पीडित भनिएकी ति किशोरीले बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत आफु यौन हिंसामा परेको सार्वजनिक गरेकी हुन। आयोजक मध्येका मनोज पाण्डेले होटलमा बोलाएर पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको नग्न फोटो र भिडियो बोकेर ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको भन्दै ति किशोरीले भिडियोमा बताएकी छिन्।

आठ वर्षअघि भएको उक्त प्रतियोगिताका वखत १६ वर्षकी ति किशोरी अहिले २४ वर्षकी छिन् । उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सामाजिक अभियन्ता, अधिकारकर्मी तथा सरोकारवालाहरु दैनिक प्रदर्शनमा जुटेका छन् ।

बलात्कारीमाथि कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा निरन्तर प्रदर्शन भईरहेको छ। यसैगरी, कानुन मन्त्री गोविन्द वन्दीलाई भेटेर बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाऊन माग गर्ने सम्मका गतिविधि भईसकेका छन् ।

यति मात्रै होईन, गत शुक्रबार संसदमा समेत यो विषयले प्रवेश पायो। सभामुख अग्नि सापकोटाले घटना छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरा ल्याउन सरकारलाई निर्देशन दिए। प्रहरी प्रधान कार्यालयले शुक्रबारै एसएसपी वसन्त कुँवरको नेतृत्वमा एसपी कृष्ण कोइराला, डिएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्सपेक्टर सपना खड्का सदस्य रहेको ५ सदस्यीय छानविन समिति गठन गरेको छ । पाण्डे शनिबारै पक्राउ परिसकेका छन् । 

जुनसुकै सर्तमा पीडितले न्याय पाउनु पर्छ र पीडकलाई हदैसम्मको कानुनी कारवाही गर्नुपर्छ भन्नेमा आम जनचासो देखिएको छ। सामाजिक सञ्जालमा होस वा प्रदर्शन भईरहेको स्थान हुन, एक्लो मनोज पाण्डे मात्र होईन, समग्र यौन दुराचारीहरु प्रति तिव्र आक्रोश छ। 

पीडितका नाममा ब्यापार !

यो आक्रोश सँगै पीडितका नाममा पछिल्लो समय भईरहेको आन्दोलन र प्रदर्शनमा देखिएको ‘पूर्वतयारी समुह’ का विषयमा जवर्जस्त रुपमा प्रश्न उठ्न थालेको छ। पीडितका नाममा कतै ‘ठेक्कापट्टा’ को प्रवृत्ति त मौलाईरहेको छैन भन्ने आशंकाहरु सुरु भएका छन् । उपत्यकामा हुने आन्दोलनमा कालो टिसर्ट, ब्यानर, टोपीलगाएको एउटै समुहमा जनुसुकै आन्दोलनमा कसरी आउँछ भन्ने विषय प्रश्नको रुपमा उठेको छ।

उपत्यकामा भईरहेका यस्ता आन्दोलनका विषयका जानकारहरुका मनमा उठिरहेको यो विषयलाई हिमालय टेलिभिजनका पूर्ववरिष्ठ निर्माता विकाश पाण्डेले सामाजिक सञ्जालमा ल्याएका छन् । उनी लेख्छन्–‘एउटा पिडितले सामाजिक सञ्जालमा आफ्ना पिडा पोख्छिन र देशभरिबाट ति पिडितका पक्षमा आवाज उठ्न थाल्छ र त्यो स्वभाविक हो। तर, यस्तै पीडित देखाएर ठेक्का पट्टा गर्ने एउटा समुह पनि छ, जसले रातारात कालो टिसर्ट, ब्यानर, टोपी छपाउछ र बालुवाटार वा मण्डला अगाडी जस्टिस फर भन्ने नारा लगाउछन ।’

त्यहाँ कालो कपडा लगाएर नारा लगाउने सहभागि सबै तालिम प्राप्त हुने गरेकोमा आश्चर्य ब्यक्त गर्दै उनले प्रश्न गरेका छन्–‘रातारात कपडा, ब्यानर, टोपी छाप्ने त्यो फ्याक्ट्री कता रहेछ ? ति तालिमप्राप्त पात्रहरुलाई तालिम र भत्ताको व्यवस्था कस्ले गर्दो रहेछ ? मि टु वा जस्टिस फर वाला प्लेकार्ड बोक्ने सबै ठाउँ धेरै जसो एउटै पात्र किन हुन्छन ? पीडा बेचेर नाफा कमाउने फ्याक्ट्री कता रहेछ ?’

उनको यो भनाईमा धेरैले समर्थन जनाएका छन् र यो प्रश्नको उत्तर पनि हामिले नै खोज्नु पर्छ भन्दै प्रोत्साहन दिइरहेका छन्।

यो पनि,
बलात्कार प्रकरणमा यसरी तानिईन पूर्वमिस नेपाल माल्भिका सुब्बा

यौन हिंसा बलात्कार मनोज पाण्डे

विशेष