News

पाका, पैसावाला र धुरन्धर नेतालाई पछारेर २५ वर्षिय युवा गाउँपालिका अध्यक्ष

पाका, पैसावाला र धुरन्धर नेतालाई पछारेर २५ वर्षिय युवा गाउँपालिका अध्यक्ष

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा पाका, पैसा भएका र राजनीतिक विरासत बोकेका उम्मेदवारहरुलाई पाखा लगाउँदै २५ वर्षीय युवा अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार रहेका चौधरी ११२९ मतान्तरसहित अध्यक्षतमा निर्वाचित भएका हुन।

चौधरीले २ हजार ८ सय ९५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत पाए । यति मात्रै होईन, उनले निवर्तमान पालिका अध्यक्ष सूर्यनारायण मण्डल (कुडुर) र निवर्तमान जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादवसमेतलाई पराजित गरे। कुडुर यस अघि बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

पछि उनी पार्टी समायोजन हुँदा जसपामै प्रवेश गरेका थिए । जसपाले उनलाई टिकट नदिएपछि उनी यस पटकको निर्वाचनमा नेपाल सदभावना पार्टीबाट अध्यक्ष पदमा उम्मेदवार भएका थिए ।

निवर्तमान अध्यक्ष मण्डल ७ सय ४८ मतमा सिमित हुँदै सातौं स्थानमा झरेका छन् । यस्तै तात्कालीन राजपाबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका प्रभाकर यादव यसपटक लोसपाबाट पालिका अध्यक्षको टिकटका दावेदार थिए ।

उनलाई लोसपाले टिकट नदिएपछि हृदयेश त्रिपाठीको जनता प्रगतीशिल पार्टीबाट उनी पालिका अध्यक्ष पदमा उम्मेदवार भएका थिए । उनी छैठौं स्थानमा झरेका छन् ।


छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी राजोदेवी यादव निर्वाचित भएकी छन् । उनले २ हजार ४ सय ७२ मत प्राप्त गरिन। प्रतिस्पर्धी कांग्रेसकी प्रमिलादेवी साहले १ हजार ५सय ९५ मत प्राप्त गरिन् । 
 

विशेष