म्यादी बनेको ४० दिन भित्रै बालिका बलात्कार, पक्राउ परे कमल
![म्यादी बनेको ४० दिन भित्रै बालिका बलात्कार, पक्राउ परे कमल](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/username-4_4/2021/12/rape-crime-balatkar-nepalaaja-394.jpg)
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएका एक युवकले करिव ४० दिनको अवधि भित्रै पनि बालिका बलात्कार गरेर बदनामी कमाएका छन् ।
उदयपुरको ताप्ली गाउँपालिका–५ घर भई झापामा म्यादी प्रहरी वनेका ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले सोही आरोपमा पक्राउ गरेको छ। प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै बेला पक्राउ गरेको हो ।
पोखरेलले मंगलबार स्थानीय १४ वर्षीया बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीको आरोप छ । पक्राउ परेका पोखरेललाई प्रहरीले उदयपुर पठाएको छ।