News

अमेरिकापछि क्यानडामा पनि हुवावेलाई प्रतिवन्ध, चीनले भन्यो– षडयन्त्र

अमेरिकापछि क्यानडामा पनि हुवावेलाई प्रतिवन्ध, चीनले भन्यो– षडयन्त्र

चीनियाँ कम्पनी हुवावे र जेडटिईलाई क्यानडामा प्रतिवन्ध लगाईएको छ। यस अघि तत्कालिन राष्ट्रपति जर्ज डब्लू बुसले हुवावेलाई अमेरिकामा प्रतिवन्ध लगाएका थिए। त्यसको लामो समयपछि क्यानडामा हुवावे र जेडटिईले प्रतिबन्ध खेपेको छ। 

चीन सरकारसँग मिलेर यी कम्पनीले अन्य देशको सुचना चोरी गर्ने र सुराकी गर्ने गरेको आरोप लाग्ने गरेको छ। यसविचमा क्यानडाले चीनका यी दुई ठूला टेलिकम उपकरण निर्माताहरूलाई आफ्नो फाईव जी फोन नेटवर्कमा काम गर्न नदिने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो। देशका उद्योग मन्त्रीले बिहीबार यस सम्वन्धी घोषणा गरे।

यो निर्णयले क्यानाडाको मोबाइल इन्टरनेट सेवामा सुधार ल्याउने र ‘क्यानाडियनहरूको सुरक्षा र सुरक्षाको रक्षा’ गर्ने बताईएको छ।  यस अघि बेलायत, अमेरिका, अष्ट्रेलिया र न्यूजील्याण्ड लगायत धेरै राष्ट्रहरूले यी दुई कम्पनीमाथि प्रतिबन्ध लगाएका छन्।

क्यानाडाको घोषणा व्यापक रूपमा अपेक्षा गरिएको थियो, किनकि क्यानडाकासहयोगी राष्ट्रहरुले पहिले नै हुवावे र जेडटिई माथि प्रतिवन्ध लगाईसकेका थिए । 

चीनका प्रवक्ताले भने क्यानडाको यो निर्णय चिनियाँ कम्पनीहरूलाई दबाउन अमेरिकासँग मिलेर गरेको षडयन्त्र भएको आरोप लगाएका छन् । 

चीनका केही ठूला टेक्नोलोजी र टेलिकम कम्पनीहरूलाई हालैका वर्षहरूमा अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूका सरकारहरूले राष्ट्रिय सुरक्षा चिन्तालाई लिएर निशाना बनाएका छन्।

यो पनि,
एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा ! (श्रृंखला– १०)

हुवावे

विशेष