News

घरमा सुतेकी किशोरी डेढ किलोमिटर टाढा अर्धचेत अवस्थामा फेला परेपछि...

घरमा सुतेकी किशोरी डेढ किलोमिटर टाढा अर्धचेत अवस्थामा फेला परेपछि...

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ मा आईतवार विहान १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्। उनको टाउकोमा चोट लागेको र बलात्कार भएको आशंका गरिएको छ।

आइतबार बिहान करिब ५ बजे घर गाउँको बाटोमा ति किशोरीलाई अर्धचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी शुकदेव खनालले जानकारी दिए।

प्रहरीका अनुसार किशोरीलाई घरभन्दा डेढ किलोमिटर टाढा सडकबाट विहान करिव ६ वजे उद्वार गरिएको हो । किशोरी गएराति परिवारसँगै सुत्न गएकी थिइन्। बिहान करिब ४ बजेतिर भने उनी घरमा थिइनन्। 

घरमा नदेखेपछि घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेका थिए। प्रहरीलाई पनि खबर गरिएको थियो। खोजतलास गर्नेक्रममा करिब ५ बजे किशोरीलाई सडकमा अर्धचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाबारे सामान्यरूपमा भन्न सक्ने भए पनि टाउकोमा चोट लागेकालेसोधपुछ नगरिएको खनालले बताए। उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भईरहेको छ। प्रहरीका अनुसार यस घटनामा किशोरीमाथि बलात्कार भएको आशंका गरिएको छ, तर मेडिकल रिपोर्टबिना यसबारे बोल्न नमिल्ने खनाल बताउँछन्। 

प्रहरीले घटनामा संलग्नहरूको पहिचान पनि गरिसकेको उनले बताए। 
 

विशेष