News

पार्टीको ग्रुपमा गोप्य अंगको भिडियो पठाउनेलाई जिसस प्रमुख बनाउदै दोलखा माओवादी

पार्टीको ग्रुपमा गोप्य अंगको भिडियो पठाउनेलाई जिसस प्रमुख बनाउदै दोलखा माओवादी

सांस्कृतिक विचलनको काण्डमा डामिएका दोलखाका एक माओवादी नेता जिल्ला समन्वय समितिको प्रमुख बन्न तम्सिएका छन् । पटक पटक यौन सम्बन्धी विचलनमा परेको भनिएका नेत्रबहादुर केसी (सन्तोष) जिल्ला समन्वय समितिको प्रमुख बनेर आकर्षक नियुक्तिमा जान खोजेका हुन् । आफुलाई चे भनेर चिनाउने केसी जिल्ला समन्वयको प्रमुख बन्ने देखिएपछि जिल्लाका इमान्दार नेता कार्यकर्तामा निरासा छाएको छ ।  

माओवादी र एमाले छुटिनु भन्दा अगाडी नै नेकपाका जिल्ला स्तरिय शिर्ष नेता भएको म्यासेन्जरको ग्रुपमा केसीले अश्लिल भिडियो पठाएका थिए । नेपाल आजको सम्पर्कमा आएका तत्कालिन नेकपाका एक नेताका अनुसार कुनै केटी साथीलाई पठाएको उनको भिडियो झुक्किएर पार्टीको ग्रुपमा पुगेको थियो । नेपाल आजलाई प्राप्त भिडियोमा उनले आफ्नो गोप्य अंग प्रदर्शन गरेर देखाउन खोजेको देखिन्छ ।

जनयुद्धताका माओवादीले सांस्कृतिक विचलनको आरोपमा थुप्रै एमाले कांग्रेसका नेता कार्यकर्तालाई कारबाही गरेको थियो । अहिले आफ्नै कार्यकर्ताको भने त्यस्तो घिनलाग्दो हर्कत देखेपछि कतिपय माओवादी कार्यकर्ता पार्टी छाड्ने मनस्थितिमा पुगेका छन् । पार्टीको जिल्ला नेतृत्वले पनि उनलाई संरक्षण गरेको आरोप लाग्न थालेको छ ।

दोलखा काठमाडौं उपत्यका विकास प्राधिकरण गोप्य अङ्ग

विशेष