News

मुल्यवृद्धिमा भीम उपाध्यायको टिप्पणीः फुंगारेहरूले चलाएको देश

मुल्यवृद्धिमा भीम उपाध्यायको टिप्पणीः फुंगारेहरूले चलाएको देश

पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गर्ने सरकारको पछिल्लो निर्णयको तिव्र आलोचना सुरु भएको छ। सत्तारुढ गठवन्धनकै नेताहरुले पनि यस्को विरोध गरेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको यो निर्णयमा वेलैमा नसोचे विष्फोट हुन सक्ने चेतावनी समेत दिएका छन् । सामाजिक सञ्जाल ट्वीतरमा उनले लेखेका छन्–‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मार आम जनता र अतिविपन्नमा झन् बढी पर्ने भएकाले यसलाई सरकारले विभिन्न विधि प्रयोग गरेर तुरून्त नियन्त्रण गर्नैपर्छ! कतिपय कर घटाउने, खारेज गर्ने, फजुल खर्च÷चुहावट÷भ्रष्टाचार रोक्ने, उपभोग घटाउने, वैकल्पिक उर्जा प्रयोग इ. हुनसक्छन! नत्र विष्फोट होला!’

सामाजिक संजालमा चर्चामा रहने नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले पनि पेट्रोलिय पदार्थको मुल्य वृद्धि प्रति असन्तुष्टि जनाउँदै पदमा रहेकाहरुलाई फुंगारेको संज्ञा दिएका छन् । ‘कि तेल निगम टाट पल्टेको घोषणा गर्नु पर्यो, कि परल मूल्यमा तेल बेच्न पर्यो। तेश्रो विकल्प मरू!’ भन्दै उनले फेसवुकमा लेखेका छन्–‘कमाई न धमाईका फुंगारेहरूले चलाएको देशमा यस्तै हो।’

विशेष