News

मेयरको नगर प्रवेश कार्यक्रमा उद्घोषक समेत भाडामा !

मेयरको नगर प्रवेश कार्यक्रमा उद्घोषक समेत भाडामा !

सप्तरीको सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाका मेयर भीमराज यादवको कार्यकाल आरम्भसँगै आयोजित कार्यक्रम उद्घोष गर्न महंगो शुल्क तिरेर उद्घोषक भाडामा बोलाएको भन्दै आलोचना सुरु भएको छ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम उद्घोषण गर्न मोरङबाट उद्घोषक वोलाईएको थियो। जसलाई केही समयको कार्यक्रम उद्घोषणका लागि महंगो शुल्क, आतेजाते भाडा तथा खाना र नास्ताको समेत ब्यवस्था गरिएको श्रोतको दावी छ।

सामान्य कार्यक्रम गर्न समेत यसरी फजुल खर्च गर्न थालेको भन्दै सामाजिक सञ्चालमा तिव्र आलोचना भई रहेको छ। नगरवासीले यसलाई विक्रितीको रुपमा ब्याख्या गरेका छन् । यसअघि रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन भन्दै आज सार्वजनिक विदा दिएको थियो। त्यसको पनि ब्यापाक आलोचना भएको छ।

उक्त कार्यक्रममा नवनिर्वाचित मेयरले महत्वकांक्षी योजनाहरु समेत सुनाए। उनले प्रत्येक वर्ष ३ हजार ५ सय नागरिकलाई स्वास्थ्य बीमा गर्ने बताए।

शिक्षाको स्तरोन्नतीमा जोड दिदै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने एक–एक जना छात्रछात्रालाई डाक्टर र इन्जिनियरको पढाई खर्च नगरपालिकाबाट बेहोर्ने बताए। शहरलाई व्यवस्थित र सुरक्षित बनाउन ठाउँ ठाउँमा सिसी क्यामरा जडान गर्नुका साथै २१ जना नगर प्रहरी भर्ना गरिने जानकारी दिए ।

‘राजविराजलाई सफा सुन्दर गुलावी शहरको रुपमा विकसित गर्नेछु’ उनले भने। वर्षौदेखि फोहोरको डंगुर र सुँगुरको खोरका रुपमा रहेको राजविराज नगरपालिकालाई उनले सफा र सुन्दर वनाउने घोषणा गरे। 
एक वर्षभित्र राजविराज भित्र रहेको ६० विघा विटौरी जग्गाको जग्गा धनी पुर्जा दिने उनले वताए । आउने बजेटमा १० करोड रकम छुटट्याएर मल खाध खरिद गरी किसानलाई उपलब्ध गराउने भन्दै ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने उनले बताए ।

विशेष