News

यस्तो छ पत्रकार महासंघले ढाकछोप गर्न खोजेको अन्तर्वार्ता

यस्तो छ पत्रकार महासंघले ढाकछोप गर्न खोजेको अन्तर्वार्ता

वरिष्ठ पत्रकार किशोर नेपालले एउटा टेलिभिजन च्यानललाई दिएको अन्तरवार्ताका आधारमा नेपाल आजले वैशाख ३ गते ‘वरिष्ठ पत्रकारको खुलासाः बालेन साह राजावादी पार्टीका मान्छे हुन’ भन्ने शिर्षकमा समाचार प्रकाशन गर्यो।

पत्रकार नेपालले बालेन साहका विषयमा दिएको अन्तर्वार्ताको भिडियो अहिले पनि उक्त टेलिभिजनको युट्युव च्यानलमा हेर्न सकिन्छ। अन्तर्वार्तापछि बालेन्द्र साहका समर्थकले पत्रकार नेपालको तिव्र आलोचना गरे। त्यसको आक्रोश भने नेपाल पत्रकार महासंघले नेपाल आजसँग पोखेको छ। 

समाचार प्रकाशित भएको भोलिपल्टै नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले प्रेस विज्ञप्ति जारी गरेर नेपाल आजको समाचारमा आपत्ति जनाएका छन् । उक्त विज्ञप्ति अहिले पनि महासंघको वेबसाईटमा ‘समाचार लेख्दा आचारसंहिताको पालना नगर्ने सञ्चारमाध्यमलाई महासंघले गर्याे सचेत’ भन्ने शिर्षकमा हेर्न सकिन्छ।

उक्त विज्ञप्तिमा ‘नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले आफूले बोल्दै नबोलेको कुरालाई नेपाल आज प्रालिबाट सञ्चालित न्युज पोर्टल ‘नेपाल आज डककम’ले समाचार बनाएको भन्दै महासंघमा जानकारी गराउनु भएको छ’ भन्दै नेपाल आजलाई सचेत गराईएको छ। विज्ञप्तिमा महासंघको आचारसंहिता अनुगमन समितिले अनुगमन गरेको पनि उल्लेख छ। तर, अनुगमनको विषयमा थप कुराहरु उल्लेख गरिएको छैन।

महासंघको विज्ञप्तिमा आफनै पूर्वसभापतिले वोलेको कुरालाई ‘बोल्दै नवोलेको’ भन्दै पुष्टि गर्न खेजिएको छ भने नेपाल आजले सधैं गलत समाचार लेख्छ भन्ने कुरालाई स्थापित गर्न खोजिएको छ। जुन कुरा सत्यमा आधारित छैन। तसर्थ नेपाल पत्रकार महासंघको विज्ञप्ति, नेपाल आजले प्रकाशित गरेको समाचार र पत्रकार नेपालले दिएको अन्तरवार्तालाई नेपाल आजले समाचार वनाएको प्रसंग जति यहाँ प्रस्तुत गरिएको छ।

यस्तो छ पत्रकार नेपालले दिएको अन्तर्वार्ता
टेलिभिजन च्यानलले युट्युवमा राखेको ३५ मिनेट ३३ सेकेन्डको भिडियोमा सुरुको ७ मिनेट २५ सकेन्डसम्म प्रश्तोताले स्थानीय तह निर्वाचन, काठमाण्डौ महानगरपाकिलाको मतगणना, उम्मेदवारले पाएको मत तथा अघिल्लो निर्वाचनको विवेचनात्मक विश्लेषण गरका छन्। जुन कुरा यहा समावेश छैन। यसैगरी, २८ मिनेट ५० सेकेण्डपछि अर्को फरक प्रसंगमा कुरा गरिएको छ। त्यो विषय पनि यहाँ समावेश गरिएको छैन। ७ मिनेट २५ सेकेन्डपछि २८ मिनेट ५० सेकेन्डसम्मको अन्तर्वार्ता यस्तो छ।

प्रस्तोताः दाईलाई स्वागत छ
किशोर नेपालः धन्यवाद

प्रस्तोताः काठमाण्डौंको मत रुझान कसरी अघाडि वढिरहेको छ, प्रश्तुत गरें। ताकि यस्ले अलिकति मसिनो गरी ए... यस्तो पो रहेछ, भन्ने कुरा भेउ पाउनलाई मद्दत मिल्यो होला भन्ने मलाई लागेको छ दर्शकहरुलाई। र दाईलाई पनि मैले यो सर्सर्ती यहाँ वसेर दाईले पनि सुन्नु भो। यो मत रुझानले बालेन साहको जिततर्फ निश्चय भएको अथवा त्यो जितलाई संकेत गर्छ ?
किशोर नेपालःसोसाईटी टोटल्ली करप्ट छ। आज गणेशमान सिंहको छोराले म गणेशमान सिंहको छोरा हुँ र वहाँको उत्तराधिकारी हुँ भन्ने आवाज गुमाएको छ। प्रकाशमान सिंहले । आज उसलाई तपाईको चैने फेल गर्देका छन्, जनताले। कि तिमी गणेशमानको उत्तराधिकारी हुन सक्दैनौ। प्रकाशमान जी कार्यसमितिको उसमा पनि हार्नु भयो। र सभापतिमा पनि हार्नु भयो शेरवाहादुर जीसँग। र अहिलेको यो चुनावमा पनि वहाको फेस अगाडि आएको छैन, सिर्जनाजी हारेको होईन, यो प्रकाशमानजी हा-या हो। र म तपाईलाई प्रष्ट भन्छु, कि यो चैने गेशमानजीको उत्तराधिकारित्व थाम्न सक्ने तपाईको हैसियत अथवा औकात चैने प्रकाशमानजीमा भएन भन्ने देखाएको छ यल्ले। 

प्रस्तोताः अव नी, अव अलि व्रोडर पर्सपेक्टिभमा जाउँ, वालेनबाट अलिकति निस्किउँ, बालेनजीको चल्दैगर्छ
किशोर नेपालः होईन, ननिक्लिउँ, अहिले बालेनमै वसौ। 

प्रस्तोताः अझै वसौ ?
किशोर नेपालः किन बालेनमा वसौ भने, यहाँबाट बाहिर निक्लिएर जाने कतै ठावै छैन।

प्रस्तोताः हाहाहा.... है ?
किशोर नेपालः राजधानीको तपाईको चुनावी परिणाम जसरी स्थापित हुन्छ, त्यसरी स्थापित हुन्छ। यहाँ विरगञ्जको स्थापित भएर अथवा जनकपुरको स्थापित भएर विराटनगरको अथवा भरतपुरको स्थापित भएर केही हुँदैन। 

प्रस्तोताः बालेन साहको उदयले अहिलेका दलहरुलाई कस्तो प्रकारको दृष्य .....
किशोर नेपालः बालेन साह आफै छद्मभेषी मानिस हुन जो

प्रस्तोताः कसरी
किशोर नेपालः जस्को सम्वन्ध दलसँग छ।

प्रस्तोताः कसरी ?
किशोर नेपालः उनी राजावादी दलका तपाईको समर्थक हुन। 

प्रस्तोताः अहँ...
किशोर नेपालः राप्रपाका समर्थक हुन। उनले ति समर्थन लिएका छन् । 

प्रस्तोताः तपाई के अधारमा भन्दै हुनुहुन्छ ?
किशोर नेपालः समर्थन दुई प्रकारको हुन्छ। एउटा प्रत्यक्ष हुन्छ दोस्रो..., उनी हिन्दु धर्मका प्रचारक हुन। उनले आफैले भनेका छन् ति कुराहरु। उनी चै तपाईको चै राप्रपासँग चैने ढोकभेट गर्न गएका छन् । यी संकेतहरु वुझ्नोस न। तपाईहरु एकोहोरो बालनजी क्रान्तिकारी भन्नु हुन्छ भने म त्यसमा असहमत छु।

प्रस्तोताः नाई उनी त भेटन गका हिसावले त कांग्रेसका चिरिबावु महर्जनलाई पनि भेट्न गए
किशोर नेपालः चिरिवावुलाई भेटेर हुँदैननी, कांग्रेसका शेरबहादुरलाई भेट्नु पर्यो नी। तपाईले कललाई भेट्न गए भनेर तपाई यस्ता मान्छेहरुलाई उठाउनु हुन्छ, वुख्याँचाहरुलाई उठाईराख्नु भाछ यहाँ। चिरिबाबु भन्या त चैने तपाईको अहिलेको सेटपमा त ललितपुर महानगरपालिकाको चैने एउटा चैने मेयर हो। उललाई, उनको हिसाव गरेर नहेर्नोसन। नेशनल पर्सपेक्टिभमा के भईराखेको छ भनेर हेर्नोस। यहाँ चैने तपाईको चैने प्रचण्डको विरुद्धमा चितवनको भरतपुरमा रेणु दाहाल मेयर भईन त्यो हुनु हुँदैन भन्ने आवाज पनि कांग्रेस भित्रबाट उठेको छ। हो ?

प्रस्तोताः अहँ...
किशोर नेपालः कुनै चै तपाईको चै सिधा चै बाटोमा चै राजनीति हिड्या देख्नु भाको छ तपाईले ? कि जिन्दगी भरी चै शेरबहादुरजीले राजनीति गर्नु भो तपाईको उसबाट के त्यो ...लाबाट ।

प्रस्तोताः यो चै अलि अप्रत्यासित लाग्ने खालको तपाईको टिप्पणी लाग्यो...
किशोर नेपालः मलाई लाग्दैन 

प्रस्तोताः सुन्नु न, सुन्नुन
किशोर नेपालः यो अप्रत्यासित मलाई यो उसको अप्रत्यासित लाग्या छैन। धेरै मान्छेले के कम्प्यारिजन गरे भने नानीमैयाँले यस्तै गर्या थिन। नानीमैयाँले के परिवर्तन ल्याईन त, केही लेरआईनन् नी परिवर्तन? उनले आफै फरिया सुर्केर...

प्रस्तोताः बालेन साहसँग तपाईको मोह छैन,
किशोर नेपालः मेरो, मेरो...

प्रस्तोताः आशा पनि छैन ?
किशोर नेपालः मेरो आशा, निराशा मेरो कसैसँग पनि छैन। अहिलेका पनि क्याण्डिडेटसँग मेरो आशा छैन। चाहे बालेन साहले जितुन, चाहे चै तपाईको...। बालेन साहले एउटा प्रतिज्ञा गर्नुपर्छ। बालेन साहले साँच्चिनै बालेन साह भनेर आफुलाई स्थापित गराउने हो र यो काठमाण्डु महानगरको चैने म नेता हुन चाहान्छु। र नेताले चैने जनतालाई चैने बाटो देखाउँछ भनेदेखि वहाँ चैने नेपाली जनताले ऐतिहाँसिक कालदेखी तपाईको चैने चर्पी एउटा चैने चपाईको चैन काठमाण्डु चै एउटा ठुलो चर्पी जस्तो लाग्छ भनेर चैने इतिहाँसकारहरुले लेखेका छन् । त्यो पढ्नु, पढ्नुपर्छ नेपालका चैने युवा पुस्ताहरुले। त्यो सम्झिएर वहाँले चैने त्यो आफनो हात डुबाएर ‘गु’ सोहोर्ने तपाईको साहस गर्न सक्नुपर्छ। त्यो साहस गर्ने मात्रै यहाँको सफल मेयर हुन सक्छ।

प्रस्तोताः त्यही शाहस वोकेर त उनी 
किशोर नेपालः वहाँ... लठ्ठी, लठ्ठी लिएर वहाँ ‘गु’ सोहोर्न आउनु भा होईन।

प्रस्तोताः नाई नाई, एउटा कुरा नी...
किशोर नेपालः वहाँ चै तपाईको काठमाण्डुको 

प्रस्तोताः पख्नोस है त , पख्नोस हैत... यहाँनेर 
किशोर नेपालः तपाई सुन्नोस न, टेकनारायण जी तपाई एउटा कुरा मान्नोस वहाँ ‘गु’ सोहोर्न आउनु भाको होईन।

प्रस्तोताः अव वहाँलाई, वहाँ...
किशोर नेपालः वहाँ चै तपाईको, वहाँले चैने तपाईको चैने मधेशको चैने एउटा जाति विशेष साह, वुझ्नु भो ? त्यो चैन, तपाईको चैने, अर्को, मधेशकै अर्को भाषामा भन्दाखेरी तेली जातीको मान्छेले यहाँ ज्यापुको, नेवारको चैने तपाईको उच्च... उच्च नेवारको, बाहुनको, क्षेत्रीको सप्पैको चैनी आचि सोहोर्नलाई चैने तयार भएर आउनु भा छ वहाँ।

प्रस्तोताः अहँ... के नजाती भो त त्यस्मा ?
किशोर नेपालः मैले नजाती भने, त्यो सक्नु हुन्छ वहाँले भनेर सोध्या मैले। 

प्रस्तोताः कसरी, सक्छु भनेर आको छ, हिम्मत गरेको छ
किशोर नेपालः वहाँले स..

प्रस्तोताः भने लेट सी, हेर्न पनि नदिने हामीले। मौका 
किशोर नेपालः तपाई, तपाईलाई मैले

प्रस्तोताः मौका पनि नदिने ?
किशोर नेपालः तपाईले त्यो भन्नु पर्छ भन्दैछु म। म त्यो आचि सोहोर्न तयार छु, भन्नु पर्छ।

प्रस्तोताः वहाँले बँदागत रुपमा भनिरहनु भाछ
किशोर नेपालः त्यो भन्नुभा छैन। तपाईले देखाएर हुन्छ ?

प्रस्तोताः तुलनात्मक रुपमा...
किशोर नेपालः तपाई उसको प्रवक्ता नहुनोस न तपाई प्रेस हुनोस।

प्रस्तोताः हाहाहा...
किशोर नेपालः तपाई बालेन साहको प्रबक्ता हुने होईन, तपाईले प्रेस हुने हो। 

प्रस्तोताः हँ हँ...
किशोर नेपालः यो ठाउँमा वसेर तपाई प्रेस हुनोस पहिला। पहिले स्वतन्त्र प्रेस दिनोस त्यसपछि मात्रै प्रजातन्त्र, लोकतन्त्र हुन्छ। अनि बालेन साहको कुरा आउँछ। तपाईहरु ... नोसन्स बोकेर तपाईको मान्छेलाई समातेर तपाई यो बोल्नोस भनेर हिड्नु हुन्छ ? हामीले, मैले पत्रकारिता गर्या छैन, तपाईहरु फुर्ती गर्नुहुन्छ मसँग ? गफ गर्नुहुन्छ, मलाई नी थाहा छ।

प्रस्तोताः ठिक छ
किशोर नेपालः हामीले यस्ता आन्दोलनहरु, यस्ता चुनावहरु धेरै हेर्यौ। 

प्रस्तोताः नाई तपाई...
किशोर नेपालः धेरै मान्छेहरुले घुमाए

प्रस्तोताः यहाँनेर...
किशोर नेपालः केशव स्थापितले पनि गोटी घुमाएका हुन। एक जना मान्छे मात्रै म चै...

प्रश्तोताः अलिकति वोलौ, अलिकति वोलौं ?
किशोर नेपालः सम्झिनु पर्ने मान्छे हो, प्रेमलाल सिंह। पिएल सिंह, विएल सिंह । जो मेयर हुँदाखेरी चै तपाईको जनता खुसी भका थिए। 

प्रस्तोताः म अलिकति वोलौ ? 
किशोर नेपालः बोल्नोस।

प्रस्तोताः मैले...
किशोर नेपालः तपाईको प्रोग्राममा तपाई नवोलेर म वोलौं ?

प्रस्तोताः हाहाहा..., मैले तपाईबाट एउटा बालेन साह प्रतिको त्यो हँ... अनपेक्षित प्रतिक्रिया तपाईको सुनिएपछि । एण्टि करेन्ट भनौन, अहिलेको अवस्थामा । के रैछ भनेर खोतल्नका लागि। पक्षपात भएर बोलेको होईन की। त्यति म वोलेर त तपाईले...
किशोर नेपालः नेपाली प्रेस, नेपाली प्रेस डे वान दखि पक्षपाती भाको छ, बालेन साहको पक्षमा पक्षपाती भको छ। त्यो आवश्यक थिएन। तपाई निर्दलियताको पक्षमा, यदि बालेन साह कुनै दलको चैने सदस्य हुनुहुन्न भने वहाँ चैने निर्दलियताको पक्षमा हुनुहुन्छ। हामीले निर्दलियता खोजेका होईनौ। हामीले...

प्रस्तोताः अलिअलि दलहरुलाई चेक नदिने, दलहरुलाई काउण्टर...
किशोर नेपालः हामीले धर्म निरपेक्षता खोजेका हौ, हामीले हिन्दु धर्म खोजेका होईनौ। 

प्रस्तोताः यहाँनेर नी दाई, दलहरुलाई अलिकति चेक दिनेकी नदिने ? दलहरुलाई काउण्टर दिने की नदिने ?
किशोर नेपालः त्यसरी चेक दिईदैन, त्यो छोड्नोस। गफ नदिनोस। बालेन साहले चेक दिएर दिईदैन। पोलिटिक चेक चाहिन्छ, त्यहाँ। 

प्रस्तोताः अँ...
किशोर नेपालः पोलिटिक चेक, समावेशीकरण गर्नोस। भ्रष्ट राजनीतिज्ञहरुलाई तपाईको त्याहाँ महलबाट वाहिर निकाल्न सक्ने आँट ल्याउनोस। तपाईको चैन, तेस्रो चरणको...। अव एउटा चैने, महानगरको चैने मेयर वन्ने वित्तिकै ठुलो क्रान्तिकारी चेग्वेभारा नै हुनुभो, माओत्सेतुङै हुनुभो, अथवा महात्मा गान्धी नै हुनुभो, सुकार्नो अथावा सहार्तो हुनुभो, को हुनभो भनेर भन्नुहुन्छ भनेदेखि, त्यो त हाम्रै मुर्खता हो। हामी त आज यस्तो छ की, हामी त यस्ता समाजमा बाँचेका छौ, जहाँका प्रधानमन्त्रीले एउटा छिमकी मित्र राष्ट्रको जासुसलाई बोलाएर आफनो प्रधानमन्त्री निवासमा भोज खुवाउँछ।

प्रस्तोताः एउटा कुरा है त। मैले समय लिएँ है दाई। यत्रो विरासत वोकेका, इतिहाँस वोकेका, संगठन बोकेका, धन बोकेका, आफनो पोलिटिकल करियर बोकेका दलहरुलाई एउटा बबुरो बालेन साह उभिएर...
किशोर नेपालः कसै...

प्रस्तोताः जनताको मत छ नी दाई त्यहाँ, जनताको मत छ क्या।
किशोर नेपालः कसैलाई केही...

प्रस्तोताः बालेन साहलाई मैले वकालत गर्नु छैन। सुन्नोस है। 
किशोर नेपालः कसैले बालेन साहलाई तपाईले यति मान्नोस। टेक नारायण जी तपाई यति मान्नोस। बालेन साहलाई कसैले बाल दिएका छैनन्। 

प्रस्तोताः त्यो मत के हो, त्यो मत के हो ? त्यो मत के हो ?
किशोर नेपालः कुनै राजनीतिक दलका मानिस, कुनै राजनीतिक...

प्रस्तोताः केशव स्थापितले भन्दा, सिर्जना सिंहले भन्दा उछिनेर ल्याएको मत के हो ?
किशोर नेपालः त्यो मलाई थाहा छैन, त्यो उनीहरुलाई सोध्नोस।

प्रस्तोताः त्यो मत आईसकेपछि हामीले...
किशोर नेपालः त्यो तपाईले, तपाईले कहाँ कुन नेताले चै तपाईको बालेन साहलाई बाल दिएको देख्नुभो ? त्यो मलाई देखाउनोस न। 

प्रस्तोताः जनताले बाल दिए, मतदाताले बाल दिए, यी..., यी... मसँग लिष्ट...
किशोर नेपालः लिएर आएर, लेर आएर । तपाई सुन्नोसन। लेर आएर तपाई बाह्र, वाह्र वटा चैने तपाई दुई हजार भोट लेर आएर तपाई चैने फुर्ती नगर्नोस। टेकनारायणजी...

प्रस्तोताः अव...
किशोर नेपालः अभि रात वाँकी है, देख्ते जाइये। 

प्रस्तोताः त्यो ठिक हो, अघि पनि 
किशोर नेपालः तमासा देखते जाईये। यो तमासा हो। यो, यो चैने तपाई, यो निर्वाचनको केही नतिजा आउने वाला छैन। 

प्रस्तोताः हेर्नोस है...
किशोर नेपालः न एउटा, न एउटा चैने मेयरले चैने, तपाईको चैने देश हाँक्न सक्छ...

प्रस्तोताः अलिकति तुलना गरेर हेरौं है त ? यीनै वडाहरु, यिनै वडाहरुले गएको चुनावहरुमा विद्यासुन्दर साक्यलाई अग्रता दिँदा उनको जितको इसारा यसैगरी प्रष्टिएको थियो र अन्तिममा नतिजासम्म आएको थियो र मिडियाहरुले लौ विद्यासुन्दर साक्य...
किशोर नेपालः ठिकै छ, तपाई, तपाई यो बेकार यो तमासा यसैगरी देखाउनोस न। गएर बाजा वजाउनोस टोलटोलमा, यहाँ विद्यासुन्दरले, बालेनलाई चै यसो गर्नुपर्छ भनेर तपाईहरुले त जानु पर्यो नी। टिच गर्नु पर्यो, जनता बालेन साहलाई यसरी लिएर आउ। प्रतिक्रियावादलाई यसरी स्थापित गर। तिमिहरुले प्रजातन्त्रलाई यसरी वदनामी देउ। त्यसो भन्नु पर्यो नी। यो त देशै प्रजातान्त्रीक देश होईन। यो लोकतान्त्रिक देश होईन। के गर्नुहुन्छ तपाई ?

प्रस्तोताः मेरा खास दाईलाई, आदर्णिय दाईलाई काउण्टर गरे जस्तो नहोस। खासमा म मधुरो मधुरो वोल्ने उ हो, दाईलाई अलि...
किशोर नेपालः होईन, होईन। तपाई मधुरो वोल्नोस, चर्को वोल्नोस मेरो कुरा यही हो।

प्रस्तोताः हँहँहँ.. होईन, मेरो प्रश्न, मेरो कन्सर्न के भनेनी हामीले अस्तिसम्म यो प्रकारले बालेन साहको...
किशोर नेपालः मलाई वुँदागत रुपमा, टेकनारायणजीसँग म चै एउटा कुरा, टेकनारायण जीसँग एउटा म चैने मलाई भन्नोस, बुँदागत रुपमा। ल, बालेन साह जित्नुभो। मेरो, म कामना, शुभकामना चैने दिन्छु। जित्नुभो, वहाँ जित्नु पर्छ, म पनि माने। म तपाईसँग छु। अव बालेन साहले गर्ने के त अव, ल भन्नोस।

प्रस्तोताः उनले त दिएका छन् त
किशोर नेपालः नम्वर १ वहाँले के गर्ने ?

प्रस्तोताः उनको त छ त घोषणा पत्र छ
किशोर नेपालः होईन, छोड्नुन, तपाई भन्नुन। तपाई, तपाईको, वहाँको अपेक्षाको कुरा। तपाईले वहाँले गर्ने कुरा छोड्नोस। तपाईले के अपेक्षा गर्नुभाछ ? त्यो तपाईको, बालेन साहको घोषणा पत्र यो नेपालमा चैने काठमाण्डु उपत्यकामा मजदुरी गरेर भोट दिने, यो गर्ने सवै मान्छेले पढ्या छ ? पढेका, लेखेका मान्छे जागिरदारहरुले पनि त्यसलाई पढेका छैनन्।

प्रस्तोताः मेरो सिम्पल, सिम्पल प्रश्न के भनेनी, किन मतदाताले मत खन्याएत ? केशव स्थापितलाई, सिर्ज...
किशोर नेपालः खै खन्याएको, खन्याएको खै ? आउँदैछ त बल्ल। खन्निसक्या छैन। तपाईहरु हतारिनु भो, नहतारिनोस न। 

प्रस्तोताः अहँ...
किशोर नेपालः तपाईहरु किन यति हतारीनु भाछ, किन तपाईहरु आतुरी भाछ ? यसैबाट तपाईहरुको चैने, तपाईहरु यति अधिर हुनभाछ नी ? तपाई एक हरेक मान्छेलाई समात्दै–लेर आउँदै, समात्दै, लेर आउँदै चैने तपाईको बोल्न लाउनु हुन्छ। त्यसबाट के हुन्छ ? देशको के फाईदा हुन्छ? देशलाई, जनतालाई के फाईदा हुन्छ ?

प्रस्तोताः अहँ...
किशोर नेपालः भोली तपाई के ग्यारेन्टी लिन सक्नु हुन्छ की बालेन साहले लेखे...

प्रस्तोताः नाई मतदाताहरु, मतदाताहरु नतिजा कुरेर वसिरहेका छन्। 
किशोर नेपालः बालेन साह, बालेन साहले लेखेका जति कुरा सवै पुरा गर्छन भनेर । यत्रा ठुलठुला राजनीतिक पार्टीहरुले आफना राजनीतिक घोषणा पत्र पुरा गर्न सक्या छैनन्। विचरा बालेन साहजीले कसरी पुरा गर्न सक्छन् ?

प्रस्तोताः अव यहाँ नेरनी, यहाँनेरनी। मौका पाएका, परिचित भएका दलहरुले नगरेको अवस्थामा कसैले गर्छु भनेर आएको छ, परिचित नै छैन उसलाई किन संका गर्ने पहिलै ? 
किशोर नेपालः मैले शंका गरेकै छैन।

प्रस्तोताः शंकाको सुविधा त दिउँ, हेर्न त दिउँ ।
किशोर नेपालः तपाई, तपाई गलत कुरा गर्दै हुनुहुन्छ। मैले शंका गर्या होईन। यत्रो चैने दलिय जन्जालमा चैने घेरिएको भोलि चैने नगरसभामा जम्मा हुने त सवै दलिय प्रतिनिधिहरु हुन्छन। 

प्रस्तोताः हँहँ...
किशोर नेपालः त्यहाँ के गर्छन बालेन साहले ? 

प्रस्तोताः लाईभ गर्दिन्छन्।
किशोर नेपालः के लाईभ गर्छन ? 

प्रस्तोताः उनले आफना एजेण्डा लान्छन्, एजेण्डामा विमती भयो...
किशोर नेपालः माओवादी, माओवादीले क्रान्ति, क्रान्ति ... वाह्र वर्ष क्रान्ति गरेर आउने माओवादीले एउटा एजेन्डा लान सकेन र आज देशको यो हालत भाछ।

प्रस्तोताः उनले के भनेका छन् भने...
किशोर नेपालः अव एउटा बालेन साहले लेरआउँछ भनेर तपाईहरु आफुलाई नै वढि उत्साहित नवनाउनोस क्या।

प्रस्तोताः अहँ...
किशोर नेपालः तपाई, मिडियाले जव मान्छेलाई अनावश्यक उत्साह वनाउँछ, उत्साहित वनाउँछ चाहान्छ नी 

प्रस्तोताः म त त्यहाँबाट फुत्केर हिडिसक्या थे, बालेनबाछ। अन्त जान लाग्याथे। राष्ट्रिय बोर्डर सेन्समा जान खोज्या थे तपाईले यहाँ...
किशोर नेपालः तपाई बालेनबाट, व्रोडरसेन्समा कुनै जाँदै चाहादैन मिडिया। 

प्रस्तोताः तपाईले ल्याउनु भो बालेन मै फेरी घुमाएर...
किशोर नेपालः बालेन बाहेक अन्त लेर जानु भो भने त्यो नक्कली कुरा हुन्छ अहिले। काठमाण्डुबाट, काठमाण्डु केन्द्रीत टेलिभिजनहरु...

प्रस्तोताः अव तपाई बालेनलाई केन्द्रमा पनि राख्नु हुन्छ, बालेनलाई नोथिङ पनि भन्नु हुन्छ 
किशोर नेपालः बालेनलाई केन्द्रमा राख्नु पर्ने कारण छ।

प्रस्तोताः अनि...
किशोर नेपालः बालेनलाई केन्द्रमा राख्नु पर्ने कारण के छ भने नेपालका चैने तथाकथित स्वतन्त्र, निस्पक्ष मिडियाहरुले बालनेलाई तपाईको स्क्र्याक रो बनाएर उभ्याएका छन्।

प्रस्तोताः ल अव यही नेरनी, कुनै दलको झोला वोकेर हिन्नु चै ठिक, अनि कोई स्वतन्त्र उम्मेदवारले गर्छु भनेर 
किशोर नेपालः कल्ले दलको झोला, तपाईले बोकेर हिड्नु भाहोला मैले त बोक्या छैन।

प्रस्तोताः म त हिड्या छैन। म त हिड्या छैन।
किशोर नेपालः अनि म पनि हिड्या छैन, म तपाईसँग कुरा गरिराख्या छु।

प्रस्तोताः तर, धेरै छन् त्यस्तो
किशोर नेपालः छन त आर्काको ठेक्का किन लिनु हुन्छ तपाई ? तपाईको र मेरा कुरा गर्नोसन। तपाई मेरो र तपाईको कुरा गर्नोस। मेरो तर्कको कुरा गर्नोसन तपाई । मेरो तर्कको जवाफ दिनोस तपाई । एउटा मान्छेले यस्तो गर्छ सक्छ भनेर आशा किन नेपालको मिडियाले त्यो आशाको वितरण किन गर्छ ?

प्रस्तोताः यहाँ सुन्नोस न दाई, अस्तिसम्म गरेको थिएन क्या, जव मत खन्याएपछि नपत्याउने ? मतलाई त..., 
किशोर नेपालः मत कहाँ खन्यायो त अहिले ? ...

प्रस्तोताः बालेन साहले, नेपालको मिडियाले उपेक्षा गर्यो। अस्तिसम्म उपेक्षा गर्यो, बाल दिएन बालेन साहलाई । अहिले मत आईसकेपछि पत्याउन थाल्यो। ओहो... बल्ल। अनि यसलाई पनि तपाई अति मान्नु हुन्छ ?
किशोर नेपालः नेपालको मिडियालाई बालेन साहले धेरै अगाडि चैने मेनुपुलेट गरिसक्या थ्यो। माफ राख्नु होला, यो कुरा मसँग नगर्नुहोला।

प्रस्तोताः कसरी मेनुपुलेट, के नियत थियो होला त?
किशोर नेपालः अव तपाई छोड्नु न, अव तपाई खोज्नुस। मलाई सोध्ने हो, तपाईले खोज्ने । 

प्रस्तोताः यो राजनीतिक दलहरुले, राजनीतिक दलहरुले पनि उनलाई ब्याकिङ छ, पृष्ठपोषण अरुले दिएका छन्, ठुला शक्ति छन्, राजाबादी छन्। होईन अथवा अलिक पछि त भारत छ, चीन छ भन्दिन्छन क्या।
किशोर नेपालः राजनीतिक दलहरु... क्या। ज्ञानेन्द्र साहको दरवारमा चैने नेपालको पोलिटिकल पार्टीका नेताहरु नै धाउँछन् भने बालने साह धाएनन् भनेर कस्ले भन्छ ?

प्रस्तोताः हँ...
किशोर नेपालः जहाँ चैने कमजोर मानसिक्ता भएको मानसिक्ता भएको मान्छेहरु छन्, जहाँ चै अशिक्षितहरुको वढ्ता चैने तपाईको चैन चेपमा चैने प्रजातन्त्र परेको हुन्छ, त्यो ठाउँमा त्यस्तै हुन्छ। तपाईको यो भन्दा अगाडि पनि धेरै मान्छे गोल्छे सार्की, गोल्छे सार्की भन्नेले चैने तपाईको शासन गरेको थियो यहाँ तपाईलाई थाहा छ ?

प्रस्तोताः अँहँ...
किशोर नेपालः यही एमालेले लिएर आथ्यो गोल्छे सार्कीलाई । नानी मैयाँपछि गोल्छे सार्की आका थे। त्यस कारणले चैने यी प्रवृत्तिहरुलाई चैने तपाईको जोडेर हेर्न पाईछ। किन पाईदैन ? उललेनी सहुन पर्छ। बालेन साहले पनि सहुन पर्छ। उनले, ए मलाई यस्तो भन्ने भनेर लौरो बोकाउन पाउँदैन।

प्रस्तोताः ठिक छ उनी त संयमित छन् नी, उनले सप्पैलाई 
किशोर नेपालः तपाई ता, बा... तपाईता अहिले वहाँलाई भगवान पशुपति नाथको अवतारमै देखिरनुभाछ।

प्रस्तोताः होईन, मलाई अवतार मान्नु पनि छैन, तपाईले एउटा धार पक्डेपछि...
किशोर नेपालः तपाईले उनी त संयमित छन् भनेर तपाई भनिसकेपछि त तपाई त प्रबक्ता होनी।

प्रस्तोताः तुलनात्मक रुपमा केशव स्थापित...
किशोर नेपालः बालेन साहको प्रवक्ता त को रैछ भन्दा टेक नारायण...

प्रस्तोताः हँहँहँ...
किशोर नेपालः जव चैने तपाईको मिडिया हाउसहरु, ठुलठुलो लगानी भएका, संस्था भन्ने, आफुलाई संस्था भन्ने चैने मिडिया हाउसहरु पक्षपातमा लाग्छन् नी तव प्रजातन्त्र मर्छ।

प्रस्तोताः अव यहाँनेर, अहिले तपाई आधा घण्टा यो स्टेसनमा आएर तपाईले यो छोटो अवधि हेरेर आरोप लगाएर पनि भएन, मैले त्यसको बचाउ गरेर पनि भएन। दर्शकको हातमा छ मान्छेले लामो समय मुल्यांकन गर्छन। 
किशोर नेपालः नेपाली मिडिया...

प्रस्तोताः एउटा पात्रलाई होईन ?
किशोर नेपालः नेपाली मिडियाको चैने तपाईएको एविसिडी तपाईलाई पनि थाहा छ, मलाई नी थाहा छ। नेपाली मिडियामा तपाई जे भनिराख्नु भाछ, त्यो तपाई भनिराख्नु भा हुँदैन। नेपाली मिडियाले जे भनिराखेको हुन्छ, त्यो मान्छेले पत्याई राख्या पनि हुँदैन। त्यो कुरा, यो यो, यो चैने विसंगत स्थितीबाट तपाई म आको होईन, म त भर्खर केरे... आको ।

प्रस्तोताः अव तपाईले एउटा भर्खर उदाएको बालेन साहका प्रति यति ... पेचिलो, पेचिलो
किशोर नेपालः एउटा बाल सुर्यको अगाडि मैले। हे हे हे...

प्रस्तोताः अव सिर्जना केसी (सिंह भन्न खोज्दा मिस्टेक) को उम्मेदवारी, केशव स्थापितको उम्मेदवारीप्रति के छ तपाईको ?
किशोर नेपालः केशव स्थापित पनि मैले पत्याउने मान्छे होईन, सिर्जनाजीले पनि काठमाण्डु हाँक्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन। 

प्रस्तोताः त्यसो भए विकल्प को थियो, जनताले मत खन्याउने ठाउँ कहाँ थियो ?
किशोर नेपालः जनतालाई खोज्न दिनुपर्छनी, गर्न दिनोस न।

प्रस्तोताः अनि अप्सन नभएपछि मतदान नगरेर वस्दिने घरमा ?
किशोर नेपालः भईहाल्यो...

प्रस्तोताः नो भोट गर्दिनु पर्यो त्यसो भा ?
किशोर नेपालः यस नो भोट।

प्रस्तोताः गर्नुपथ्र्यो ?
किशोर नेपालः ... राईट टक, नो भोट। योग्य उम्मेदवार दिदैनौ भने पार्टीहरुलाई हामी भोट दिदैनौ भन्दिनु पर्छ।

प्रस्तोताः त्यो स्थितीमा छ, हाम्रो आजको समाज, देश, जनता ?
किशोर नेपालः लेर आउनु पर्यो नी। हाम्रो समाज यस्तो छ, हामी त पृथ्वी नारायण शाहको पालामा छौं भनेर हुन्छ ?

प्रस्तोताः नाई नाई, आशा गर्न कल्पना गर्न त जे पनि सकियो की, तर वस्तुगत धरातल त्यो तयार छ त?
किशोर नेपालः वस्तुगत धरातलमा तपाईले लान त्यसैगरी लाने हो। सानो सानो मुलुकहरुले नै डेमोक्रेसी वलियो वनाउँछ।

प्रस्तोताः अनी अहिले भ्याकुम हुँदाखेरी...
किशोर नेपालः स्विजर्ल्याण्डमा चैने डेमोक्रेसी यसरी नै वन्या थियो।

प्रस्तोताः अनि अहिले स्थानीय तह चुनाव नभर भ्याकुम हुँदा...
किशोर नेपालः भ्याकुम केही हुँदैन, तपाई के भ्याकुम हुन्छ। के भाछर ? तपाईको आज कति हो ?

प्रस्तोताः उसो भए तपाईले नो भोटको क्याम्पेन...
किशोर नेपालः कति हप्ता भईसक्यो, फोहोर उठन सक्या छैन। तपाईको चैने त्यो फोहोर लैजाने बाटोमा आज चैने तपाईको विद्यासुन्दरले राजनीति गर्या छ, भोली बालेन साहले राजनीति गर्छ। किन भने उसको पनि चै तपाईको के भने...

प्रस्तोताः अव भन्न त दाईको उत्तर मलाई थाहा छ, मेरो दायित्व हो र त्यो भन्नु होला। 
किशोर नेपालः नो भन्दिन उसको पनि नियन्त्रणमा छैन।

प्रस्तोताः नो भोटको क्याम्पेन तपाईले यति आवश्यक ठहर गर्नु भारैछ त किन नचलाउनु भात ?
किशोर नेपालः मैले नचलाको, म पत्रकार हो। क्याम्पेन चलाउने मान्छे होईन। म लेख्ने मान्छे।

प्रस्तोताः अव सवैले त्यही भनेर उम्किन्छन नी त। कसरी वस्तुगत धरातल ...
किशोर नेपालः त्यो चैने तपाईको के भने बालने साहले जुनदिन चैने तपाईको त्यो फोहोरको चैने बन्चरे डाँडामा लाने सडक चै वनाउने ठेकदारलाई, नवनाउने ठेकदारलाई चै कारवाही कारवाही गर्ला, जव चैने तपाईको चैन बालेन साहले चैने त्यो घुस खाएर चैने मोटाएको उडुसहरुलाई चैने कारवाही गर्ला । तव उसलाई सपोर्ट गरौंला। अहिले किन सपोर्ट गर्ने ? जितेर माला लगाउँछ, अनि भोलिपर्सी थपडी वजाउने। 

प्रस्तोताः होईन, होईन, नाई...
किशोर नेपालः विद्यासुन्दरको पालामा नी मालै लगाको हो, ओहो यत्रा ठुला चैने लोकप्रिय क्या जननेता प्रधानमन्त्रीले यस्तो विद्यासुन्दर जस्तो सुन्दर मान्छेलाई ल्याउनु भो भन्या होईन ? तीन वर्ष भो चार वर्ष।

प्रस्तोताः होईन जितेछन् र उनले अगाडि वढ्दैछन्। मत रुझान, अगाडि अहिले देख्या छ।
किशोर नेपालः ठिकै छ, वहाँले 

प्रस्तोताः सुन्नु न सुन्नु न...
किशोर नेपालः मत रुझान राम्रो छ, राम्रो छ जितुन न। तर मलाई के चाहियो भने उनले जितुन की नजितुन। जितुन उनले, तर जितेको त्यो फोहोर चैने जितेको सात दिनभित्र उठ्नु पर्यो। काठमाण्डुबाट सप्पै।

प्रस्तोताः ह त्यो हेरौंन पहिला...
किशोर नेपालः के हेर्ने ? 

प्रस्तोताः त्यो, त्यो...
किशोर नेपालः अनि सात दिनमा फोहोर उठाएन भने

प्रस्तोताः उठेन भने, उठेन भने....
किशोर नेपालः १४ दिन हुन्छ। १४ दिनपछि एक्काईस दिन हुन्छ।

प्रस्तोताः उनले काम गरेनन् भने, हामीले यही तपाईलाई वोलाएर 
किशोर नेपालः तपाईले भेटन पाउँनु हुन्छ त्यसपछि वहाँलाई ? वहाँ एक पल्ट पावरमा गई सकेपछि, वहाँले पजेरो चढ्न थालिसकेपछि । अझ नयाँ नयाँ गाडिहर आछ। वहाँ चैने इन्जिनियर मान्छे होईन ? वहाँले चैने यत्रो ठुलो चैने रिभोल्युसन काठमाण्डौमा चैने सिटी रिभोल्युसन गरिसकेपछि तपाईले भेट्न पाउनु हुन्छ ? तपाईले आज यत्रो प्रमोट गर्या छ, टेक नारायण जीले भनेर चैने उल्ले भन्छ ?

प्रस्तोताः ह..., यहाँ, यहाँनेर मैले समय लिएर, रोकेर । यो प्रमोट, प्रमोट, टेकनारायणले प्रमोट भन्या छ नी तपाईकै लयमा म पनि बालेनलाई यसैगरी, दुईटैको लयमा लय मिलेर ‘वालेन नोथिङ, बालेन नोथिङ’ भन्यो भने बहस के हुन्छ?
किशोर नेपालः म बालेन नोथिङ भन्दै भन्दिन। म भनेकै छैन। अहिलेसम्म तपाईले मेरो कुरै वुझ्नु भारैनछ। 

प्रस्तोताः नाई, मलाई यो...
किशोर नेपालः तपाईले अहिलेसम्म चै तपाईले मेरो कुरै वुझ्नु भारैनछ। तपाई त सुरुवात देखि नै बालेनले ‘यसरी छोपेर लेर जानुभाछ।’ गईरनु भाछ भनेर तपाई आफै गदगद हुनभाछ। एकदम। कस्तो छ तपाईको बाफ रे बाफ। गद्गद्, गद्गद्, गद्गद् तपाईको बालेन आउनु भो, बालेन आउनु भो, बालेन आउनु भो भनेर तपाई चैने उत्फुल्ल हुनुभाछ।

प्रस्तोताः मत के त मत के ?, मत के दाजु ? मैले तपाईलाई अंकमा वताको छु त ।
किशोर नेपालः त्यो मत, त्यो मतले, त्यो मतले केही भन्दैन। त्यो मतले केही भन्दैन। केही पनि भन्दैन।

प्रस्तोताः तपाई जनता पनि नोथिङ भन्नु हुन्छ। उम्मेदवार, एमाले कांग्रेसले राम्रो उम्मेदवार दिएनन् पनि भन्नु हुन्छ। बालेन पनि ठिक भएनन् भन्नु हुन्छ...
किशोर नेपालः अनि के भो त ?

प्रस्तोताः ह्वाट नेक्स्ट देन ?
किशोर नेपालः तपाईले विकल्प दिने होईन। यु आर नट गोईङ टु सजेष्ट। 

प्रस्तोताः त्यैत कम्तिमा त्यो टेकेर छलफल गर्न त पाउनु पर्यो...
किशोर नेपालः तपाईले चैने खै ? बालेन चै मैले मेरो वडामा आएर बालेनले छलफल गरेको एक दिन पनि देखिन। 

प्रस्तोताः एउटा स्वतन्त्र उम्मेदवार...
किशोर नेपालः बालेनले चैने, तपाईको चैने, किन ... त्यत्रो चैने दलिय मान्छे हुनुहुन्छ वहाँ अहिले। सप्पैले चन्दा उठाएर दिएर चैने तपाईको चैने हामी बालेन..., बालेन..., बालेन... भनिराछन्। खै म कहाँ त मेरो टोलमा त वहाँ आर भाषण पनि गर्नु भएन, अनुहार पनि देखाउनु भएन। भोटरसँग भेट्दा पनि भेट्नु भएन। भनेदेखि त्यस्तो अन्तर्यामी, अवतारी पुरुषलाई नजितोस भनेर मैले त भन्ने कुरै आएननी। म विचरो...

प्रस्तोताः कसैले भाषणै नगरिकन, जनतालाई मतदाताहरुलाई घरदैलोमा नभेटेर पनि काम गर्छ भने त
किशोर नेपालः त्यैत, त्यैत...

यस्तो छ नेपाल आजले प्रकाशित गरेको समाचार
वरिष्ठ पत्रकारको खुलासाः बालेन साह राजावादी दलका मान्छे हुन

बालेन शाह किशोर नेपाल नेपाल पत्रकार महासंघ

विशेष