News

जजिरा विमानको इन्जिनभित्र चरा पसेको आशंका, गौतम बुद्ध विमानस्थलमै अलपत्र

जजिरा विमानको इन्जिनभित्र चरा पसेको आशंका, गौतम बुद्ध विमानस्थलमै अलपत्र

आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान इन्जिनभित्र चरा पसेको आशंकामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । जजिरा एयरलाइन्सको एयरबस–३२० विमान राति २ बजे भैरहवामा अवतरण गरेको थियो ।

तीन पटक कतार–भैरहवाबीच सफल हवाई उडान गरेको यो विमान चौथो पटकमा भने शंकाकै भरमा विमानस्थलमा रोकिएको छ। यो विमानले १ सय २१ जना यात्रु लिएर आएको थियो। अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंका पाईलटले गरेका थिए ।

विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहका अनुसार कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको चालकले बताएपति वाहिरी जाँच गरिएको थियो।

जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखिएको त। तर, ठोक्किएको चराको अवशेष विमान र रन–वेमा कतै पनि फेला नपरेपछि इन्जिनभित्र पसेको हुन सक्ने आशंका गरिएको छ।

विमानको जाँचका लागि काठमाडौंबाट प्राविधिक बोलाईएको छ। उनीहरुले चेकजाँच गरेपछि उडान अनुमती दिईने जनाईएको छ।

विशेष