News स्वास्थ्य

विश्वका १४ देशमा फैलिएको ‘मंकीपक्स’ नेपालका लागि कति खतरा ?

विश्वका १४ देशमा फैलिएको ‘मंकीपक्स’ नेपालका लागि कति खतरा ?

कोरोना भाइरसको महामारीले तंग्रिन नपाउँदै विश्वलाई फेरी ‘मंकीपक्स’ भाईरसले गाँजेको छ। बिफर रोग लाग्ने प्रजातिको यो भाईरसबाट हालसम्म १४ देशका ८० भन्दा बढी ब्यक्ति संक्रमित भईसकेका छन् भने शंकास्पद ५० घट्नाबारे अनुसन्धान भइरहेको छ।

हालसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल र युरोपेली देशहरु यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण पुष्टि भइसकेको डब्लुएचओले जनाएको छ। 

यो भाईरसको संक्रमण भएपछि खासगरी हात र गोडाका पैतालामा बिमिराहरू बढी देखिन्छ । केही दिन निकै चिलाउने वा दुख्ने भए पनि बिमिराहरू बिस्तारै हराउँछन । तर बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ ।

यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूले जनाएका छन् । पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ । हालसम्म मंकीपक्स भाइरस थोरै संख्यामा मात्र पुष्टि भएको छ ।

यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा नसर्ने भएकाले कोरोना जस्तो आम रूपमा फैलने सम्भावना त छैन तर पछिल्लो समय असामान्य रूपमा देखा परेपछि त्रासको बातावरण भने श्रृजना भएको छ।

खासगरी जंगली जनावरमा हुने मंकीपक्स भाइरस बाँदरभन्दा बढी मुसामा हुने वैज्ञानिकहरू बताउँछन। यो भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने जनाईएको छ।

त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ ।

यो भाइरसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलापको समयमा धेरै सरेको ठानिएको छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने डब्लूएचओले जनाएको छ ।
 

मंकीपक्स

विशेष