News

मूल्य बृद्धिबारे छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

मूल्य बृद्धिबारे छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

पेट्रोलियम पदार्थको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदहरुले दर्ता गरेका छन् । इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुका पहलमा प्रस्ताव दर्ता भएको हो। इन्धनमा भारी मूल्यबृद्धि गरिएपछि चर्को आलोचना भइरहेको छ । केही विद्यार्थीहरुले यसको विरोधमा सोमवार मसाल जुलुस पनि गरेका थिए ।  
 

विशेष