News विदेश

भ्रष्टाचार आरोपमा पञ्जावका स्थास्थ्यमन्त्री वरखास्त, लगत्तै पक्राउ

भ्रष्टाचार आरोपमा पञ्जावका स्थास्थ्यमन्त्री वरखास्त, लगत्तै पक्राउ

भ्रष्टाचारको आरोपमा भारतको पञ्जाव प्रान्तका स्वास्थ्य मन्त्री विजय सिंगला वरखास्त भएका छन् । मुख्यमन्त्री भगवन्त मानले उनलाई बर्खास्त गरेका हुन् ।

सिंगलाले एउटा सम्झौताका लागि १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि  हटाएको मुख्यमन्त्री भगवन्त मानले प्रतिक्रिया दिएका छन् । ‘आम आदमी पार्टीको जन्म इमान्दार सिस्टम कायम राख्नलाई भएको हो। आफ्ना हुन् वा पराई जो कोही भए पनि भ्रष्टाचारलाई कुनै पनि हालतमा माफ हुँदैन’– भागवन्तले भनेका छन् ।

यता, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यमन्त्री भगवन्त मानको तारिफ गरेका छन् । बर्खास्तमा परेका सिंगलालाई पञ्जाव प्रान्तको एन्टी करप्सन ब्राञ्चले पक्राउ गरेको छ । 
 

विशेष