News

एमालेका शीर्ष नेताको निस्कर्षः सुनितालाई पार्टी प्रबेश गराउनु गल्ती

एमालेका शीर्ष नेताको निस्कर्षः सुनितालाई पार्टी प्रबेश गराउनु गल्ती

स्वतन्त्र उम्मेदवार बालेन साह काठमाण्डौंको मेयर वन्नै लाग्दा नेकपा एमालेका नेताहरु पश्चातापमा डुब्न थालेका छन् । एमालेका तर्फबाट उपमेयर बन्दै गरेकी सुनिता डंगोललाई पार्टी प्रवेश गराएर गल्ति भएको निस्कर्षमा नेताहरु पुगेका छन् ।

‘मिस नेवा २०११’ की विजेता समेत रहेकी डंगोलले स्थानीय तह निर्वाचन पुर्व आफुलाई मेयरको रुपमा तयार गरेकी थिईन। कुनै दलसँग कुरा नमिले स्वतन्त्र भएपनि मेयरमा उठ्ने उनको तयारी थियो।

काठमाडौंको विकासका लागि उनले ‘८ खम्बे विकास मोडल’ पनि सार्वजनिक गरेकी थिईन । फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, इन्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल काठमाडौं, खोज विकास र युवा सशक्तीकरण र सांस्कृतिक सम्पदालगायतका विषयलाई उनले चुनावी एजेण्डाका रुपमा अघि सारेकी थिईन।

यसै वेला नेकपा एमालेले सुनितालाई एमालेबाट उपमेयरमा लड्न प्रश्ताव सहित पार्टी प्रवेश गरायो। अहिले उनी उपमेयरमा विजयोन्मुख छिन् भने उनकै उमेर समुहका बालेन साह मेयर वन्नै लागेका छन् । 

यो अवस्था देखेपछि  एमालेका नेता ‘थक थक’ गर्न थालेका छन् । सुनितालाई स्वतन्त्र वा अन्य कुनै दलबाट मेयरमै लड्न दिएको भए बालेन र उनको मत विभाजन भएर एमाले तित्ने रछ भन्ने निस्कर्षमा उनीहरु पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह मेयरमा जितको नजिक छन् । उनले ५१,१६३ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२,०५९ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३१,१६६ मत पाएका छन् ।

यता, उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले ५२,८०९ मत र नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७,८८४ मत पाएका छन् । सुनिताको यो अग्रता देखेपछि एमालेका शीर्ष नेता उनलाई पार्टी प्रवेश गराएर गल्ति भएको निस्कर्षमा पुगेका जनाईएको छ।

बालेन शाह सुनिता डंगोल

विशेष