News मनोरञ्जन

सलमान यस कारण नआउने भए काठमाण्डौं

सलमान यस कारण नआउने भए काठमाण्डौं

भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ। आयोजकका अनुसार ततकालनका लागि कार्यक्रम स्थगित गरिएको चाँडै नै अर्को मिति तय गरेर सलमानलाई ल्याईने छ। 

सलमान खानसहित भारतीय कलाकारहरुको उपस्थितीमा आगामी शनिवार दशरथ रंगशालामा सांगितिक कार्यक्रम गर्ने जनाईएको थियो। कार्यक्रम सरेको जानकारी पछि टिकट काटिसकेका सर्वसाधारण असन्तुष्ट भएका छन् ।

आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिले भने स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको तथा वर्षात्का कारण तयारी नपुगेकाले तत्कालका लागि मात्रै कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले जानकारी दिएका छन् । उनका अनुसार सो कार्यक्रमको तयारीका लागि हालसम्म करिव ५ करोड खर्च भएको छ।

कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा त्यति खर्च भएको जनाईएको छ। 

यो पनि

नेपाल आउनै लाग्दा सलमान माथि ब्यक्ति हत्या गर्न सुपारी दिएको आरोप

३१ वर्षसम्म ‘सलमान भाई’ किन आएनन् नेपाल ?
 

सलमान खान

विशेष