News समाज

इन्धनमा मुल्य वृद्धि विरुद्ध राष्ट्रिय एकता अभियानद्वारा राजविराजमा प्रदर्शन

इन्धनमा मुल्य वृद्धि विरुद्ध राष्ट्रिय एकता अभियानद्वारा राजविराजमा प्रदर्शन

इन्धनमा भएको मुल्यवृद्धिको विरोध गर्दै मंगलवार सप्तरी सदरमुकाम राजविराजमा राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेको छ । 

अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियान्ताहरूले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा नारा जुलुससहित प्रदर्शन गरे। 

विरोध प्रदर्शनमा ‘निकम्मा सरकार मुर्दावाद,  शेरबहादुर देवाव राजीनामा देउ, हाम्रो प्रदर्शन जारी छ, पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर’ लगायतका नारा लगाईएको थियो । प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, एलपीजी ग्यासको मूल्यवृद्धि–महिलामाथिको अत्याचार हो, अकासिएको महँगी नियन्त्रण गर, आयल निगमको कमिशन तन्त्र बन्द गर र उर्जा मन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए । 

अभियान्ताहरु योगानन्द साह, डम्बर नारायण साह लगायतका अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।
 

विशेष