News

भरतपुरमा दोस्रो कार्यकालका लागि रेणु निर्वाचित

भरतपुरमा दोस्रो कार्यकालका लागि रेणु निर्वाचित

चितवनको भरतपुर महानगरपालिकामा फेरी रेनु दाहालको इन्ट्रि भएको छ। माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी दाहाल ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा निर्वाचित भएकी छिन्।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पार्दै उनी मेयरमा निर्वाचित भएकी हुन। सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा पनि उनी एमालेकै उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयरमा निर्वाचित भएकी थिईन।

यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए। उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित निर्वाचित भए भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरेकी छिन् ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।

नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छने। ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडामा नेकपा एमाले र १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा भएका छन् ।

एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ भने वडा नं. २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

विशेष