News

ओलीको प्रतिक्रियाः अन्तर्घात भयो, कहाँबाट सिके समिक्षा हुनुपर्छ

ओलीको प्रतिक्रियाः अन्तर्घात भयो, कहाँबाट सिके समिक्षा हुनुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको चुनावमा एमालेको हार अन्य कारणले नभई पार्टीभित्रकै अन्तर्घातका कारण भएको वताएका छन् । स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका उनले यसको समिक्षा हुने वताए ।

एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको दावी गरे। चार–चार वटा महानगरपालिकामा एमालेले उपमेयरमा जित्दा मेयर जित्न नसक्नु नै अन्तर्घात भएको उनको ठहर छ।

ओलीले भने– ‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत् रुपमा समीक्षा गरिनुपर्छ।’

ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए । 
 

विशेष