News राजनीति

बागी मेयरको विजय जुलुसमा कांग्रेसका मन्त्री, गठवन्धनको इमान्दारीतामा प्रश्न

बागी मेयरको विजय जुलुसमा कांग्रेसका मन्त्री, गठवन्धनको इमान्दारीतामा प्रश्न

कांग्रेसबाट बागी वनेर जनकपुरधाम उपमहानगरको मेयरमा निर्वाचित भएका मनोज साहको विजयी जुलुस कांग्रेसमय भएको छ। उनको जिय जुलुसमा कांग्रेसका मन्त्री संगठनका जिम्मेवार पदाधिकारी र कांग्रेसका सयौं नेता–कार्यकर्ता सहभागी भएका छन् ।

नवनिर्वाचित मेयर साह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेर उपमेयरमा निर्वाचित कांग्रेसकी किशोरी साहको संयुक्त जुलुस निकालिएको थियो। उक्त जुलुसमा कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार र कांग्रेसका सयौं कार्यकर्ता सहभागी भए।

सत्ता गठबन्धनले जनकपुरधामका मेयरमा जसपाका लालकिशोर साहलाई चुनावी मैदानमा उतारेको थियो । निवर्तमान मेयरसमेत रहेका उनी पराजित बने । मनोज भने गठवन्धनको भागबण्डाप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र लडेका थिए ।

उम्मेदवारी फिर्ता लिन कांग्रेस नेतृत्वले व्यापक दबाब थियो। तर, उनले दवावको वास्ता नगरी उम्मेदवारीमा कायम रहे। उनको विजय जुलुसमा कांग्रेसकै नेता कार्यकर्ताको सहभागि भएपछि गठवन्धनको इमान्दारीता प्रति प्रश्न उठ्न थालेको छ।
 

विशेष