News

अमेरिकी उपमन्त्री जियासँग एमाले अध्यक्ष ओली किन भए फायर ?

अमेरिकी उपमन्त्री जियासँग एमाले अध्यक्ष ओली किन भए फायर ?

नेपाल भ्रमण गरेर फर्केकी अमेरिकी उपमन्त्री उज्रा जियासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘फायर’ भएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जियाप्रति आक्रोश ब्यक्त गरे।

नेपाल भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री जियाले नेपालको परराष्ट्र नीतिको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्दै नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको ओलीको आरोप छ।

उपमन्त्री जियाले गत साता तीनदिने नेपाल भ्रमण गरेकी थिइन् । भ्रमणको क्रममा उनले ललितपुरको जालवालेखमा रहेको तिब्बती शरणार्थी शिविरको पनि भ्रमण गरेकी थिइन् ।

ओलीको भनाई उध्रित गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने– ‘अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरु छन्। त्यसलाई खण्डित गर्ने प्रकारको व्यवहार भयो। नेपालले जहिले पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छ, हामी अहस्तक्षेप र कुनै पनि देशको मामिलामा जहिले पनि असंलग्न रहँदै आएको स्थितिमा तिब्बती शरणार्थीको क्याम्पमा पुगेर जुन प्रकारले उक्साउने काम भयो र नेपाली भूमिलाई प्रयोग गर्ने त्यो वास्तवमा बेठीक थियो भन्ने विषय पनि हाम्रो पार्टीको अध्यक्षले चर्चा गर्नु भयो।’
 

विशेष