News

मलामी हिडेका दुई जनाको बाटो मै मृत्यु

मलामी हिडेका दुई जनाको बाटो मै मृत्यु

अछाममा मलामी हिडेका दुई जनाको बाटोमै मृत्यु भएको छ। बोकेको ट्याक्टर दुर्घटना हुदा उनीहरुको मृत्यु भएको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालमा बुधबार दिउँसो मलामी बोकेको भे १ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएको थियो। दुघटनामा पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमाला र ४४ वर्षीय अमर धमालाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य १६ जना घाइते छन्। ‘हाइड्रोलिक उडेर ट्रली घोप्टिएपछि च्यापिएर दुई जनाको ज्यान गएको छ, १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी रविराज थपलियाले बताए। 

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ। ट्रयाक्टर मलामी लिएर बेलखेत घाटमा शव अन्त्यष्टिका लागि गइरहेको थियो। 
 

विशेष