News

पत्याउनु हुन्छ ?, बालेन्द्रभन्दा सुनिता पपुलर !

पत्याउनु हुन्छ ?, बालेन्द्रभन्दा सुनिता पपुलर !

काठमाण्डौंको मेयरमा निर्वाचित हुँदै गरेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको चर्चा अहिले देशमा मात्र नभएर विदेशमा पनि छ। तर, तथ्यांकले भने काठमाण्डौंमा बालेन्द्र भन्दा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोल पपुलर रहेको देखाएको छ।

पछिल्लो परिणाम अनुसार डंगोल बालेन्द्रभन्दा ६७३० मतले अगाडि छिन्। बालेन्द्रले अहिलेसम्म ५६ हजार १ सय ४८ मत पाउका छन् भने सुनिताको मत ६२८७८ छ। उनी प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार भन्दा ४१ हजार ३ सय ६४ मतले अगाडि छिन् । यो नतिजाका आधारमा लोकप्रिय मत पाउनेमा अहिलेसम्म सुनिता पहिलो उम्मेदवार हुन।

उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २१ हजार ५ सय १४ मत मात्रै पाउएका छन्। यस्तै राप्रपाका उम्मेदवारले १० हजार ९ सय ९१ मत पाएका छन्।

काठमाडौं महानगरमा १ लाख ७२ हजार २ सय ५५ मत गणना भइसकेको छ। जसमा ६७५६ मत बदर भएको छ। १३, १४, १५, १६ र १७ नम्वर वडाको मतगणना भइरहेको छ ।

बालेन शाह सुनिता डंगोल

विशेष