News

पूर्वसचिव उपाध्याय भन्छन्– आयल निगम होईन सिंहदरवार घेरौं

पूर्वसचिव उपाध्याय भन्छन्– आयल निगम होईन सिंहदरवार घेरौं

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सत्तारुढ गठवन्धन आवद्ध विद्यार्थी संगठनलाई अर्थमन्त्रालय र सिंह दरवार घेर्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो सुझाव दिएका हुन।

‘आयल निगम घेरेर समय वर्वाद नगरौँ, त्यो निरीह छ। सरकारको करका कारण पेट्रोलको मूल्य धेरै भएको हो’ उनले लेखेका छन्–‘उ त ब्यापारी संस्था हो, बाहीरबाट आयात गर्छ र बेच्छ।  तर घाटामा बेच्न बाध्य छ आजसम्म पनि। सरकारले प्रति लिटर रू ६८/– कर लिएको छ। आयल निगमले कसरी कर घटाउन सक्छ त नि? अर्थ मन्त्रालय वा सिंहदरबार घेरे बरू केही तातो लाग्थ्यो कि!’

इन्धनमा भएको मुल्यवृद्धिको विरोध गर्दै सत्तारुढ विद्यार्थी संगठनलनै आजै आयल निगम घेराउ गरेका थिए। उक्त घेराउ कार्यक्रममा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थीहरू संगठनको सहभागिता थियो।

उनीहरुले मूल्य वृद्धि खारेजीसहित निर्देशकको राजीनामा समेत माग गरेका थिए। नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भईरहेको छ। वृद्धि भएको मुल्य आईतवार राती देखि नै लागु भएको छ। यो परिणाममा भएको मुल्य वृद्धि सातामै दोस्रो पटक हो।

दोश्रो पटकको मृल्य वृद्धिमा पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ थपिएको छ भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको छ। अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ ।
 

भीम उपाध्याय

विशेष