News

प्रमुख निर्वाचन आयुक्तलाई पोखराबाटै मेयरको धम्की

प्रमुख निर्वाचन आयुक्तलाई पोखराबाटै मेयरको धम्की

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको झाँको झारेका छन् । थपलियाको यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी रहे पदमा बसिरहन उनको नैतिक अधिकार नरहने आचार्यले टिप्पणी छ।

पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै उनले भने, ‘दिनेश थपलियाको यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी गर्ने हो भने पदमा बसिरहन नैतिक अधिकार छैन। थपलियाले आफैले आफैलाई नैतिक अधिकार के हो? भनी सोध्न जरुरी छ।’

आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढी मत बदर भएको दावी गर्दै उनको चर्को आलोचना गरे। आयोगको बद्नियतकै कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको उनको भनाई छ। ‘तपाईं संवैधानिक निकायको मर्यादामा बसिदिनोस्। निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन’ उनले भने–‘तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ। तपाईंको कार्यक्षमतामाथिको प्रश्न निर्वाचन आयोगमाथि उठेको छ। तपाईंले जवाफ दिनु जरुरी छ। यो खालको बद्नियत गर्न मिल्दैन।’
 

पोखरा महानगरपालिका धनराज आचार्य दिनेश थपलिया

विशेष