News

पोखरामा २५ वर्षदेखिएको एमाले साम्राज्य ढल्यो, आचार्य निर्वाचित

पोखरामा २५ वर्षदेखिएको एमाले साम्राज्य ढल्यो, आचार्य निर्वाचित

पोखरामा २५ वर्षदेखिको एमालेको राम्राज्य ढलेको छ। एमाले विरासत भत्काउँदै नेकपा एसका उम्मेदवार धनराज आचार्य मेयरमा निर्वाचित भएका छन् । उनी ६ हजार ४५ मतान्तरसहित मेयरमा निर्वाचित भएका हुन।

आचार्यले ५८८९३ मत पाउँदा थापाले ५२८४८ मत पाए । राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् ।

थापा ०५४ मा एमालेकै तर्फबाट मेयरमा निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए ।

०३९ मा अनेरास्ववियूबाट राजनीतिमा प्रवेश गरेका आचार्य  पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति, अखिलको जिल्ला अध्यक्ष, पश्चिमाञ्चल अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य समेत भए । उनी माले, एमाले हुँदै यहाँसम्म आएका हुन। मालेबाट पार्टी राजनीति सुरु गरेका उनी एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रीय अध्यक्ष बने ।

माधबकुमार नेपालले पार्टी विभाजन गर्दा ०७८ मा नेपालसँगै उभिए । उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्की अध्यक्ष भए। उनी जलविद्युत क्षेत्रका लगानीकर्ता पनि हुन।

कृष्ण थापा भने ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७० मा संविधानसभाको चुनावमा टिकट पाए, हारे। ०७४ मा प्रदेश निर्वाचन क्षेत्र २ (क) बाट चुनाव लडे, जिते। उनी आफ्नो क्षेत्र २(ख) छोडेर २(क) बाट चुनाव लडेका थिए । कार्यकाल ६ महिना बाँकी थियो, राजिनामा दिएर मेयर लड्न आए। 

२ लाख ७ हजार ७ सय १२ मतदाता रहेको रहेको पोखरामा १ लाख ४३ हजार २ सय २६ (६८.९५) प्रतिशत मत खसेको थियो । मेयरमा २३ जना प्रतिस्पर्धा थिए। मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ३ हजार ३० मत प्राप्त गरे । खसेको मतमध्ये २० हजार ७ सय ८१ मत बदर भयो ।
 
उपमेयरमा एमाले
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५६९९ मत पाएर तेस्रो भइन भने विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् । 

पोखरा धनराज आचार्य

विशेष