News

जस्ले १८ बालबालिका, शिक्षक र हजुरआमाको एउटै चिहान बनाए

जस्ले १८ बालबालिका, शिक्षक र हजुरआमाको एउटै चिहान बनाए

अमेरिकाको एक विद्यालयमा एक जना शिक्षक र १८ जना विद्यार्थीको गोली हानेर हत्या गरिएको छ। घटनामा एक जेष्ठ नागरिक र १० वर्षीया बालिका घाइते छन् ।

टेक्सास राज्यस्थित एक प्राथमिक विद्यालयमा पसेका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । घरमा आफै हजुरआमाको पनि हत्या गरेपछि ति ब्यक्ति स्कुलमा पुगेका थिए ।

टेक्सासक गभर्नर ग्रेग याबटले आक्रमणमा पिस्तोल र राइफलको प्रयोग भएको जनाएका छन् । घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारे खुलेको छैन। 

त्यो विद्यालयमा १० वर्षमुनीका करिव ५०० भन्दा बढी बालबालिकाहरू रहेको जनार्यएको छ। राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । 
 

विशेष