News राजनीति

रवीन्द्र मिश्रले दिए अध्यक्षबाट राजिनामा 

रवीन्द्र मिश्रले दिए अध्यक्षबाट राजिनामा 

स्थानीय तहमा पार्टीले निराशाजनक हार ब्यहोरेपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । चुनावी परिणामको जिम्मेवारी लिदै उनले राजिनामा दिएका हुन।

बुधबार प्रेस वक्तव्य जारी गर्दै मिश्रले ५ वर्षसम्म तन मत र धनले निस्वार्थ र इमान्दार प्रयास गर्दा पनि पार्टीलाई सन्तोषजनक अवस्थामा पुर्याउन नसकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।’

विशेष