News

इन्धनमा मुल्य वृद्धिः सत्तारुढ दलका विद्यार्थीले नै घेरे आयल निगम

इन्धनमा मुल्य वृद्धिः सत्तारुढ दलका विद्यार्थीले नै घेरे आयल निगम

इन्धनमा भएको मुल्यवृद्धिको विरोध गर्दै सत्तारुढ विद्यार्थी संगठनलनै वुधवार आयल निगम घेराउ गरेका छन् । मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् ।

नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल आवद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेजीसहित निर्देशकको राजीनामा समेत माग गरेका छन् । 

नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भईरहेको छ। वृद्धि भएको मुल्य आईतवार राती देखि नै लागु भएको छ। यो परिणाममा भएको मुल्य वृद्धि सातामै दोस्रो पटक हो।

दोश्रो पटकको मृल्य वृद्धिमा पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ थपिएको छ भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको छ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ । 
 

विशेष